एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : मधेश केन्द्रित दल जसपाको आधारिकता उपेन्द्र यादव समुहले पाए लगतै मधेशमा अर्को दल लोसपाको उदय भयो । तर लोसपा नयाँ नभएर जसपाकै महन्ठ ठाकुर सहितको समुह र शक्ति ह्रास भएर जन्मिएको पार्टी बन्यो । अव जसपा र लोसपा बिच सांसद तानातानको अवस्था श्रृजना भएको छ ।
जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोसपा जसपाका लागि चुनौती बनेको छ । खिचातानी यहाँ सम्म छ कि सांसद र जनप्रतिनिधी आफु तिर तान्न लोसपाका महन्त ठाकुर र राजेन्द्र महतो सहितका सवै शिर्षनेताहरु बुधवार जनकपुरमा आएर बसेका छन भने त्यसको प्रतिकारमा सांसदलाई यताउती हुन नदिन जसपाका अध्यक्ष उपेन्द्र यादव पनि बिहिवार जनकपुर आइपुगेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले आफनो पार्टीको सांसद बैचारिक व्यक्तिहरु भएकाले टसमस नहुने दावी बिहिवार जनकपुरधाम विमानस्थलमा गरे ।
तर भित्रि कुरा भने बेग्लै छ । जसपाको कुल ५५ सांसद मध्ये जसपा र लोसपामा ३९÷१६ रहेपनि लोसपाले २० पुरयाउने सुचना पाउने वितिकै यादव जनकपुर आएका हुन । बिहिवारै उपेन्द्र समुहका पर्साका प्रलाहद गिरीले लोसपा राजिसकेपछि लोसपाको १७ पुग्ने भएको छ । लोसपा रोजेका गिरीले उपेन्द्र यादवको जसपा जातीवाद र भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाए ।
बुधवार वरिष्ठ नेता राजेन्द्र महतो, सरतसिंह भण्डारी, अनिल झा र उमाशंकर अरगरिया सहित जनकपुरधाम आएका ठाकुर आफनो पार्टी कमजोर रहेको विश्लेषण नर्गन भन्दै जसपा भन्दा स्ट्रोङ्ग रहेको दावी गर्दै प्रलाहद गिरीलाई पार्टी प्रवेश गराएका छन् । एता जनकपुरधाम विमानस्थलमा जसपा नेपालका अध्यक्ष यादवले भदौ २२ गते पछि मात्र संघिय मन्त्री परिषद विस्तार हुने समेत बताएकाले समेत पार्टी फुटने डरले मन्त्री परिषद बिस्तारमा ढिलाइ भइरहेको अपष्ट हुन्छ । मन्त्री परिषद किन ढिलाई भन्ने प्रश्नमा यादवले २२ गते पछि मात्रै बिस्तार गर्न गठबन्धनमै सहमती भएको बताए ।
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल समेत २३ गते पछि मात्र मन्त्री परिषदको बारेमा सोच्ने आशयको अभिव्यक्ति विहिवारमात्रै दिइसकेका छन् । यस्ले पनि पार्टीहरुमा फुटको भर र त्राय व्याप्त रहेको उदांगो पारेको छ । नयाँ दल लोसपा भने २२ गते सम्म प्रतिक्षा गर्न भनिरहेका छन् ।
जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोसपाका नेताहरु आएको भोलिपल्टै बिहिवार (जसपा)का अध्यक्ष यादव जनकपुुर आएपछि सरगर्मी बढेको छ । जसपा स्रोतका अनुसार यादव प्रदेशका आफनो सांसदहरुलाई व्यस्त गर्न र लोसपासंग सम्पर्क गर्न नदिन संग बसेरै प्रशिक्षण दिइने तयारी भइरहेको छ ।