एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : जनकपुरधाम उपमहानगरपालिले तामझामका साथ जनकपुरधाम उपमहानगर मध्येको २५ वडाहरु मध्ये वडा नं. ५ लाई स्मार्ट सिटी घोषणा गरेको थियो । स्मार्ट सिटी घोषणा पछि वार्डवासीमा विकास र सुविधाको आशा पलाएको थियो तर वार्डको दुरगती यथावत छ ।
प्रस्तुत तस्वीरहरु जनकपुरधाम उपमहानगरपालिका वाड नं. ५ कै हो जुन वडालाई उपमहानगरपालिकाले आफनो २५ वडा मध्ये स्मार्ट वडा अर्थात नमुना वडा घोषणा गरेको थियो । स्थानिय सरकार अर्थात उपमहानगरपालिका २५ वार्ड मध्ये आफुहरुको वार्डलाई स्मार्ट वडा घोषणा गरिएपछि वडावासीहरु अव सडक, खानेपानीको राम्रो व्यवस्था हुने र अरु भन्दा फरक सुविधान पाउने आशामा थिए । तर हात लाग्यो शुन्य ।

स्र्माट वडा भनिएपनि वडाको एउटा सानो गल्लीको सडक पनि पुर्ननिर्माण गर्न वर्षौ लाग्ने देखेपछि वडावासीहरु आक्रोसित हुदै गएका छन् । सडक बनाउने भन्दै चार महिना अगाडि सडक खनियो, खानेपानीको प्रवाह बन्द गरियो तर ठेकेदार आज भोली भन्दै काम नगरेपछि घर घरमा पानी र आवतजावतमा समस्या भएपछि स्थानियले मिडिया गुहारेका छन् । स्थानियका अनुसार सो सडकमा एकजना लडदा रड छातीमा छेदिएर गम्भिर घाइते भएका थिए । स्थानिय व्यापारी मुरारी बर्माका अनुसार छ महिना पुर्व सुरु भएको सडक निर्माणको काम गनेर मात्र १५ दिन भएको छ ।

वडा स्थित श्री महावीर मन्दिर पुर्वछेउको गल्ली सडक जलाई सुरकिशोर मार्ग समेत भनिन्छ सो गल्ली निर्माण भइरहेको भएपनि ठेकेदारको लापरवाही र निक्कमापनका कारण काम हुन नसकेको स्थानिय विवेक प्रसाद साहको दावी छ । स्थानियले अढाई करोडको लागतमा बनिरहेको सो गल्ली सडकको काम सुस्त गतीमा हुँदा आफुहरुको दिनचर्या र दैनिकी कष्टमै बितिरहेको दुखेसो पोखेका छन् ।
व्यापार व्यवसाय गर्न समेत परेशानी रहेको वार्डवासी कहिले सम्म सडक बन्नेमा अझै जानकार छैनन । वार्ड अध्यक्ष मनोज कुमार साहले मेयर लालकिशोर साहले नमुना वार्ड अन्तर्गत सो सडक आफै ठेक्का लगाएर निर्माण गर्न लगाएको र तिन महिना अगाडि भुमि पुजन गरि काम सुरु भएपनि लकडाउनका कारण प्रभावित भएको बताउछन् ।

वार्ड अध्यक्ष साहले ९ मिहिनामा काम सम्पन्न हुनुपर्ने सो सडक निर्माण ठेकेदारको लापरवाहीका कारण ढिलाई भइरहेको तर गुनासो आफुहरुले सुन्न परेको बताए । उनले ठेकेदारले आफुसंग समेत कुनै समन्वय नगरि जथाभावी काम गर्ने गरेको आरोप लगाए । यद्यपि वर्षातले समेत केहि प्रभावित भएको उनको तर्क छ ।
कारण जे भएपनि नागरिकको सडक, खानेपानी र घर आवतजावतको मामिलामा स्थानिय सरकार गम्भिर हुन आवयश्क छ । विकास आवयश्क रहेपनि विकासको नाममा ५ महिना सम्म कसैको घरको अगाडि खाल्डो खनिदिनु र खानेपानी तथा आवतजावतमा अवरोध गरिदिनु मानव अधिकारको कडा उलंघन हो । आशा गरौं वाड नं. ५ स्मार्टमा रुपान्तिरित हुनेछ ।