एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : प्रदेश २ को आन्तिरक मामिला तथा कानुन मन्त्रालयले विभिन्न पाँच निकायलाई एक एक वटा बारुण यन्त्र हस्तान्तरण गरेका छन् । बुधवार मन्त्रालयले एक विशेष समारोहको आयोजना गरि मांग गरेका विभिन्न पाँच निकायलाई बारु(ा यन्त्र हस्तान्तरण गरेको हो ।
गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोतरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाँउपालिकाका उपप्रमुख नगिना देवी यादव सहितकाले बारुण यन्त्र बुझेका छन् । आन्तिरक मामिला तथा कानुन मन्त्री भरत साहले नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिवास महोतरी, धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोतरीको रामगोपालपुर नगरपालिका र सम्सी गाँउपालिका र पर्साको सखुवा पर्सौनी गाँउपालिकालाई एक एक वटा बारुण यन्त्र हस्तान्तरण गरेको हो ।
मन्त्री साहले आन्तिर मामिला मन्त्रालयको जिम्मा प्रदेश २ को विपद व्यवस्थापन समेत रहेकाले आवयश्क रहेका निकायहरुले मांग गरे बमोजिम बारुण यन्त्र हस्तान्तरण गरिएको बताए । मन्त्री साहले विपद व्यवस्थापनको व्यवस्थापनमा राज्यका साथै समाजका हरेक निकाय र अंगको सहयोग आवयश्क हुने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु सहित बारुण यन्त्र पाउने निकायका प्रमुख र उपप्रमुखहरुको उपस्थिती थियो ।