एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका मन्त्री विजय यादवले पदभार ग्रहण गरेका छन् । उनले आज जनकपुरधामको मुरली चोकमा रहेको मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।
मन्त्री यादवलाई राज्यमन्त्री योगेन्द्र राय यादव, मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले कृषि मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालय र अर्थमन्त्री यादवलाई कृषि मन्त्रालयमा फेरबदल गरेको थियो । दुवै मन्त्री जसपाका हुन् ।
यस्तो छ भित्री कुरा
कृषि मन्त्री बनाइएका यादव पदभार ग्रहण गरे जसपामा कुनै विवाद नभएको र पार्टीको निर्णय सर्वमान्य हुने देखाइएको छ । तर स्रोतका अनुसार भित्रि कुरा अर्कै छ । यादवले सो पद ग्रहण गरेपनि छिट्टै छाडने पनि छन् । माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन आफु पद छाडन तयार रहेको भन्दै केहि दिनमै यादव सो मन्त्रालय छाडने तयारीमा छन् ।
त्यसपछि नेकपा समाजवादीका नेता सत्रधन महतो सो मन्त्रालय सम्हाल्ने छन् । यसले यादवको छबि पनि गठबन्धनका लागि त्यागी मानिने र नेकपा एकिकृत समाजवादीलाई पनि सरकारमा ल्याउन पार्टीलाई मद्दत पुग्ने तर्क स्रोतको छ ।