एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ : श्री कृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको धर्मवान टोलमा दोस्रो नेपाल सितेरिया क्यान कराते प्रतियोगीता सुरु भएको छ । श्री कृष्ण जन्माष्टमी पुजा समिति धर्मवान टोलको आयोजनामा लगातार दोस्रो वर्ष आयोजना गरिएको दुई दिवसीय कराते प्रतियोगीताको आज समाजसेवी तथा एमालेका बयोबृद्व नेता गंगाराम यादवले समुदघाटन गरेका छन् ।
श्री कृष्ण जन्माष्टमी पुजा समिति धर्मवान टोलका अध्यक्ष लभ अधिकारीको अगुवाईमा भएको प्रतियोगीतातका संयोजक नेपाल सितेरिया क्यान कराते संघ प्रदेश २ प्रमुख समेत रहेका कराते खेलाडी दिनेश कुमार सिंहका अनुसार बुधवार सम्म चल्ने प्रतियोगीतमा केटा तर्फ २० केजी देखि ६५ केजी तौल समुहको खुल्ला र ओपेन वैट र केटी तर्फ केटी तर्फ २० केजी देखि ४५ केजी तौल समुहको खुल्ला र ओपेन वैटमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगीताको समुदघाटन गर्दै समाजसेवी यादवले युवाहरु खेलकुदमा लाग्नु देशकै मेरुदण्ड मजबुत हुने भएकाले खेलकुदको विकास र विस्तारमा राज्य ध्यान दिनुपर्ने बताए । जनकपुरधामको खेलकुद क्षेत्रको इतिहाँस र वर्तमान हेर्दा दयनिय रहेकाले सुधार आवयश्क रहेको उनको तर्क थियो ।
नेपाल कराते महासंघ मातहतको चार कराते समुह सितेरियो क्यान कराते संघ, गोजोरियो कराते संघ, ओशोकाय कराते संघ र गोजोरियो ओशोकाय कराते संघ रहेको जनकपुरधाममा दोस्रो नेपाल सितेरिया क्यान कराते प्रतियोगीताको आयोजना गरिएको छ । प्रतियोगीतामा अन्तराष्ट्रिय रेफ्री कृष्ण गुरु सहित राष्ट्रिय अन्तराष्ट्रिय प्रशिक्षकहरुको समेत उपस्थिती छ ।