एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १४ : यो दृश्य जनकपुरधामको रामानन्दचौक देखि आखाँ अस्पताल हुदै कुर्था जाने परिक्रमा सडक जोडने सडकको हो । दैनिक विभिन्न काम विशेषले कुर्था हुदै जनकपुरधाम आउने जनकपुरधाम पश्चिमका यात्रु र सवारीसाधनहरु यसरीनै दैनिक प्रताडित हुने गरेका छन् ।
हेर्नोस भिडियो रिपोर्ट
स्थानियवासी, आवतजावत गर्ने यात्रु र विभिन्न सवारीसाधनका चालकहरुलाई असहय पिडा र समस्या हुन थालेपछि उनीहरु स्थानिय सरकारको विरोध गर्दै सडकमा उत्रेका छन् । सडकमा करिव चार फिट सम्म पानी जमेर टेम्पु तथा इरिक्साहरु डुब्ने सम्मको स्थित आउने गरेको बताउदै उनीहरु दुई महिना देखि आफुहरु प्रताडित रहेको दुःख व्यक्त गर्दछन ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा वार्ड अध्यक्षलाई पटक पटक जानकारी गराउदा समेत कुनै सुनुवाई नभएपछि आफुहरु बाध्य भएर सडक अवरोध गरि विरोधमा उत्रन परेको उनीहरुको भनाई छ ।

समस्या धेरै रहको छ तर कुनै सरकार अहिलेसम्म हाम्रो अवस्था बुुझन नआएको त्याहाँको स्थानियवासीहरुको गुनासो छ । उनीहरु वार्ड अध्यक्ष र उपमहानगरपालिकाका मेयर लालकिशोर साह विरुद्व नारावाजी गरेका छन । आफुहरुको मांग पुरा नभए अझ कडा आन्दोलन गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।