एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १४ : धनुषाको शहिदनगर नगरपालिकामा वाईसिएलको ५१ सदस्यीय नगर कमिटि गठन गरिएको छ । जनयुद्वकालमा विद्यार्थी जिवनबाटै राजनिति थालेका धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले नगरपालिकको नेकपा माओवादी केन्द्रको भातृ युवा सँगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को नगर कमिटि बिस्तार गरेका हुन ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ मा बसेको बैठकबाट ५१ सदस्यीय कमिटि गठन गरिएको हो । युवा नेता मनोज कुमार मण्डलको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ । मण्डलको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य बरबरियाको प्रमुख आतिथ्यमा बसेको बैठकबाट नगर स्तरीय वाईसिएल कमिटि गठन गरिएको हो ।
शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट युवाहरुलाई एक जुट गरी सो कमिटि गठन गरिएको हो । सोही क्रममा तीन दर्जन भन्दा बढी युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश समेत गरेका थिए । प्रदेश कमिटि सदस्य बरबरियाले उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै मेयर बरबरियाले पार्टीप्रति लगनशिल भएर लाग्न आग्रह समेत गरे ।
सैयौंको सहभागीतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका शहिदनगर नगर पार्टी अध्यक्ष तनुकलाल यादवको पनि सहभागीता थियो । कार्यक्रममा राम किशोर पासवान, वैधनाथ मण्डल, हेमशन्कर भण्डारी, राम कुमार यादव, राजदेव साह लगायतको उपस्थिती रहेको थियो ।