एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : प्रदेश– २ मा दुई जना मन्त्रीको कार्यभार हेरफेर गरिएको छ । कार्यभार हेरफेर भएका मन्त्रीहरूमा अर्थमन्त्री विजय कुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् । कार्यभार वर्तमान अर्थमन्त्री यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तो छ मन्त्री हेरफेरको रहस्य
कार्यभार परिवर्तन गर्नुको कारण भने केही खुलाइएको छैन तर स्रोतले भने मन्त्री हेरफेरमा मुख्यमन्त्री लालबाबु राउतको जित भएको बताइएको छ । प्रदेश २ सरकारमा बजेट प्रस्तुत भएदेखिनै मुख्यमन्त्री राउत र अर्थ मन्त्री यादव बिच मनमुटाव थियो । अर्थ मन्त्री यादवले बिनाछलफल मुख्यमन्त्री स्वच्छता अभियानको बजेट भौतीक पुर्वाधारमा र मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको साइकल वितरण कार्यक्रमको बजेट समाजिक विकास मन्त्रालयमा स्तान्तरण गरेपछि दुवैजना बिचको टकराव केन्द्रिय अध्यक्ष उपेन्द्र यादव समक्ष पुगेको थियो ।
छलफल र बहस पछि मुख्यमन्त्री राउतले यादव अर्थमन्त्रीमा रहे आफु सरकार चलाउन नसकिने सम्म पार्टीमा बताएकोे स्रोतको दावी छ । यो समाचार एसपी खबरमा प्रकाशित भएको थियो । अड्डि स्वभावको यादव मुख्यमन्त्रीलाई टेर्न छाडेपछि पार्टी केन्द्रिय अध्यक्ष यादवले वर्तमान राजनितिक माहोललाई मध्येनजर गर्दै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउत राजिनामा दिदाँ मुस्लिम मत असन्तुष्ट हुने भएकाले यादवले राउतलाई सहज हुने गरि साहलाई अर्थ मन्त्रीमा ल्याएका हुन । साहलाई अर्थमा ल्याउने निर्णयले राजेन्द्र महतोलाई समते काउन्टर दिन जसपालाई मद्दत मिल्ने स्रोतको बुझाई छ । एता स्रोतको दाबी अनुसार अर्थ मन्त्री यादव कृषि मन्त्रालय स्वीकार गर्ने अवस्थामा छैनन र उनले राजिनामा दिने सम्मको अवस्था हुन सक्छ ।