एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : जनकपुरधामको युवा क्लवहरु मध्ये चर्चित श्री महावीर युवा कमिटिको अध्यक्षमा बलराम साह निर्वाचित भएका छन् । यस अघिको निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी रहेका अजय कुमार गुप्तालाई यसपालि पनि ४४ मतान्तरले पराजित गर्दै बलरामले बाजी मारेका हुन । बलरामले १ सय ५६ मत ल्याउँदा गुप्ताले १ सय १२ मत पाए ।
त्यसैगरि अध्यक्षका अर्का प्रत्यासीद्वय विकास चौधरीले ८४ र प्रदिप भगतले ३१ मत प्राप्त गरेका छन् । ११ सदस्सीय नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश साह, महासचिवमा दिपक साह मिन्टु, सचिवमा त्रिदेव साह र कोषाध्यक्षमा बिकास राय सहित कार्यकारणी सदस्यहरु बिजयी भएको निर्वाचन समितिका संयोजक शंकर साहले जानकारी गराएका छन् ।