एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : भारत तथा अन्य देशवाट आएकाहरुवाटै नेपाली कोरोनाको संक्रमण जोखिममा रहेको प्रमाणित भइरहेका वेला शहिदनगर नगरपालिकाका मेयर उदय कुमार यादव बरबरियाले महत्पुर्ण काम गरेका छन् । अन्यत्र देशवाट आएकाहरु वाट नै देशमा संक्रमण देखिन थालेकाले बरबरियाले कम समयमै स्रोत र साधन परिचालन गरि आफना नगरपालिकाको कुल ९ वटै वडामा भारत सहित विभिन्न देशहरुवाट आएका आप्रवासीहरुको विवरण संकलन गरि तत्काल क्वारेन्टाइनमा राख्न थालिएको छ । देशलाई थप क्षती हुन नदिन स्थानिय तहहरुले यस्तै प्रयास गर्न सके हदै सम्मको जोखिमवाट बच्न सकिने छ ।
विवरण अनुसार नगरपालिकाको ९ वटै वडाहरुमा कुल ८२ जना वाहिर वाट आएका छन् । नगरपालिकाको वडा नं. १ मा सवै भन्दा बढी भारतवाट १३, कतारवाट ४ र बंगलादेशवाट १ गरि कुल १८ जना आएका छन् । मेयर बरबरियाले प्रत्येक वडाका अध्यक्ष तथा सदस्य र अतिरिक्त म्यानपावर परिचालन गरि वाहिरवाट आएकाहरुको यकिन विवरण संकलन गरि उनीहरुलाई क्वारेन्टाइनमा राखेर व्यवस्थित गर्न प्रयास भइरहेको बताए । डर र त्रासका कारण उनीहरु क्वारेन्टाइनमा आउन नमानिरहेकाले समेत समस्या भइरहेको मेयर बरबरियाको भनाई छ । नगरपालिकामा अहिले बैठक जारी रहेको र बैठकले त्यस्ता व्यक्तिको हकमा ठोस निर्णय गर्न लागिएको समेत उनले बताए । संक्रमणवाट नगरका नागरिकलाई बचाउन कुनै कसर वाँकी नराख्ने बताउदै मेयर बरबरियाले यसले देश, जनता र सरकारलाई समेत सहयोग पुग्ने बताए ।