एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रजातन्त्र प्राप्तीका लागि वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले खेलेको भुमिकाको खुलेर प्रशंसा गरेका छन् । वरिष्ठ पत्रकार नेपालीको जनकपुरधाम उपमहानगरपालिकाको बेला स्थित घरमै पुगेर उनको स्वास्थ्य अवस्थाको बारेमा बुझेका पुर्व सांसद समेत रहेका प्रदेश प्रमुख मिश्रले वरिष्ठ पत्रकार नेपाली बाल्यकाल देखिनै प्रजातन्त्रको लडाईमा कलमधारी सिपाही भएर काम गरेको आफैले समेत देखेको बताए ।
प्रदेश प्रमुख मिश्रले राज्यले नेपाली जस्ता योद्वालाई विर्सदै जानु दुःखद रहेको बताए । वरिष्ठ पत्रकार नेपालीलाई पहिलो चरणमै क्यान्सर पता लागेपछि उनी भारतमा सफल उपचार गराएर अहिले घरमा आराम गरिरहेका छन् ।