एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ : धनुषाको बिदेह नगरपालिकामा दुईजना फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको छ । बिदेह नगरपालिका वडा नं. ५ मुरिबा र एकराही टोलका फरक क्षमता भएका व्यक्तिहरु क्रमश ४० वर्षिय मनिचन्द्र मण्डल र २० वर्षिय अकमल राइनलाई दश÷दश हजार पर्ने ह्वीलचेयर सहयोग गरिएको छ ।
धनुषा जनकपुर लियो क्लवको आयोजना र लायन्स क्लव अफ जनकपुरधामको सहयोगमा सो ह्वील चेयर वितरण गरिएको हो । आयोजक धनुषा जनकपुर लियो क्लवका अध्यक्ष आकाश साह, सहयोगी लायन्स क्लव अफ जनकपुरधामका अध्यक्ष राजदिप चौधरीको अगुवाईमा भएको ह्वील चेयर सहयोग कार्यक्रमको संयोजन सलामत राइन र सहजीकरण युवा अभियन्ता कयुम राइनले गरेका थिए ।
सो अवसरमा सहयोगी लायन्स क्लव अफ जनकपुरधामका पुर्व अध्यक्ष श्रृषिकेश प्रसाद साह सहितको उपस्थिती रहेको थियो ।