संजय कुमार साह
जनकपुरधाम, भदौ ८ : प्रदेश २ मा घरायसी बिबाद अपराधमा परिणत हुन थालेको छ । प्रदेश २ को राजधानी प्रस्तावित धनुषाको मिथिलाबिहारी नगरपालिकाको ललियामा एक युवकले आफनै बुवा र श्रीमतीको हत्या गरि रातारात स्थानिय आँपको बगैचामा शव गाडेको पाइएको छ ।
धनुषामा एक युवकले आफनै बुवा र श्रीमतीको हत्या गरि रातारात शव गाडेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया स्थित ३० बर्षिय भागेश्वर मण्डलले आफनै बुवा चेता भनिने ५५ वर्षिय रामवृक्ष मण्डल र श्रीमती २१ वर्षिय अमृता कुमारी मण्डलको हत्या गरेर शव गाडेको स्वीकार गरेका छन् ।
श्रीमतीको बुवा संग अबैध सम्बन्ध रहेको शंकार र शनकको भरमा आरोपित मण्डलले गएराती १२ बजे लाठाले प्रहार गरि र घाँटीमा डोरीले बाँधेर हत्या गरेका रहेछन् । हत्या पश्चात घर नजिकै डेढसय मिटरको दुुरीमा रहेको स्थानिय रामकिशुन मण्डलको आँपको बगैचामा शव गाडेको आरोपित मण्डलले स्वीकार गरेको धनुषा प्रहरीको भनाई छ ।
दुईजनालाई एक्लैले मारेर शव लाई पनि कसरी गाडन सफल भएको होला भन्ने तथ्यको छानबिन पनि भइरहेको प्रहरीको भनाई छ । आरोपित मण्डलका काका चन्द्रहँस मण्डलका अनुसार श्रीमान श्रीमती बिच घरायसी बिबाद रहेको र सोमबार पनि घरमा झै झगडा भएको बताए । आज विहान आरोपित मण्डलले आफै छिमेकी र आफन्तको घरमा गएर बुवा र श्रीमती फरार भएको बताएपछि दुवैजनाको खोजबिन सुरु भएको थियो ।
खोजबिन हुदै जाँदा स्थानियले आपँबारीमा रगत र खाल्डो खनेर पुरेको देखेपछि शव बरामद भइएको र मण्डललाई पक्रेर प्रहरीलाई बुझाएका थिए । आरोपित मण्डलका सालो रनधिर कुमार मण्डलका अनुसार आइतवार रक्षाबन्धनमा माइती गएकी अमृताले श्रीमानले आफनै ससुरासंग अबैध सम्बन्ध छ भन्दै यातना दिनेको गरेको बताएकी थिइन ।
मृतक अमृताकी भाई रनधिरले हत्यामा भिनाजु सहित उनका जडयाहा साथीहरुको समेत हात हुन सक्ने आशंका गरेका छन् । स्थानियका अनुसार बैदेशिक रोजगारीमा रहेर छ सात महिना पहिला घर फर्किएका आरोपित मण्डल श्रीमती माथी अनाहमा शंका गर्दै कुटपिट गर्ने गरेका थिए । आरोपित लागुऔषधको कुलतमा समेत फँसेको स्थानियको भनाई छ । प्रहरीले घटनाको थप छानबिन भइरहेको जनाएको छ । प्रदेश २ मा बैदेशिक रोजगारबाट हुने असमझदारीले अपराध बढदै गएको देखिन्छ ।