एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : प्रदेश २ सरकारको बेटी पढाउ बेटी बचाउ अभियानको साइकल नपाएपछि भक्कानिएकी लाडली खातुनलाई थप सहयोग प्राप्त भएको छ । मिडियाका माध्यमले भारतिय चेली भन्दै साइकल नदिएको खवर पाएपछि हँसपुर नगरपालिका वडा नं. ४ बस्ने रामजिवन यादवलाई धेरै दुःख लाग्यो ।
एसपी खवर र अप्पन टेलिभिजनको सो समाचारलाई वरिष्ठ पत्रकार श्याम सुन्दर शशीले कलर्स एफएमको आफनो रेडियो कार्यक्रम समधियामा प्रस्तुत गरिरहँदा रामजिवनले सुनेको र तुरन्त सोहि रेडियो कार्यक्रममा फोन गरि लाडलीलाई साइकल दिने र साइकल नदिएका विद्यालयका प्रधानाध्यापकलाई समेत एउटा साइकल दिने घोषणा गरेका थिए ।
त्यस पछि पटक पटक पत्रकारको सम्पर्कमा आएका रामजिवन आज विहान पत्रकार श्याम सुन्दर शशी र एसपी खवरका प्रधान सम्पादक पुरन साहको रोहबरमा साइकल वापत ७२ सय रुपैया कपी र कलम लाडलीलाई सहयोग गरेका छन् ।