एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ : डा. राजेश झा अहिराज पदमुक्त भई नयाँ प्रदेश प्रमुख बनेर आएका हरिशंकर मिश्रले प्रदेश प्रमुख कार्यालयबाट पृथ्वीनारायण साहको तस्वीर हटाएको प्रसंगमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत मुख खोलेका छन् । थापाले समाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्र निर्माताको लगाइएको तस्वीर हटाउनु गलत भएको टिप्पनी गरेका छन् ।
डा. अहिराज प्रदेश २ को प्रमुख भएर आए लगत्तै आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर लगाएका थिए । उनले अन्य ६ वटा प्रदेश प्रमुखहरूलाई समेत अलग–अलग भेटेर पृथ्वीनारायण शाहको तस्वीर उपहार दिएका थिए ।