एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : भदौ २ माओवादीका नेताहरुका लागि सधै स्मरणीय दिन हो । जनताको नेताका रुपमा पहिचान बनाउदै गएका बामपन्थी नेता रामबृक्ष यादव (मास्टर साव)को हत्या २०५२ भदौ २ गते भएपछि माओवादीले जनयुद्वको शंखनाद गरेका हुन ।
शस्त्रद्वन्द्व परित्याग गरि माओवादी शान्तिपुर्ण मुलधारको राजनितिमा आएपछि भदौ २ लाई विशेष रुपमा धनुषाको बरमझियामा मनाउन सुरु गरि माओवादीका शिर्षनेताहरु शहिद यादवको स्मरण गर्न थाले । उनको योगदान र भुमिकाको स्मरण र प्रशंसा गर्न केहि वर्ष माओवादीका शिर्षनेताहरु हेलिकप्टरबाटै बरमझिया आनजान गर्न थाले ।
तर बिस्तारै ति जनतामुखि नेताको स्मृती दिवस खल्लो हुदै गएको छ । यस वर्ष त माओवादीका शिर्षनेताहरु सत्ता विस्तारको खेलमा यति मस्त छ कि प्लेनले पनि दुई घण्टाका लागि बरमझिया आउन सकेन । र जसोतसो स्थानिय नेताहरुको सहभागितामा शहिद यादवको स्मरण गरिएको छ ।
माओवादी नेता शहिद रामबृक्ष यादवको २७ औं स्मृती दिवस मनाइएको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि धनुषाको बरमझिया हालको गणेशमान चारनाथ नगरपालिकाको वाड नम्बर ९ शहिद यादवको पैतृक गाँउमा उनको स्मृती दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । स्मृत दिवसको अवसरमा शहिद यादव प्रति श्रद्धाञ्जली अर्पण गरिनुका साथै बरमझियामा निर्माण हुन लागेको खुल्लामञ्चको शिलान्यास समेत गरिएको छ ।
साथै स्मृती दिवसकै अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको माओवादी केन्द धुनषाले जनाएको छ । सो अवसरमा माओबादीका नेता तथा पुर्वमन्त्री माृतका प्रसाद यादव, जिल्ला सचीव दिपक यादव, प्रदेश सदस्य झल्कु यादव, जिल्ला सम्पर्क समितिको अध्यक्ष, शहिद यादवकी छोरी सुनिता यादव, नेता सरोज यादव, नगर अध्यक्ष महेश लाल यादव, मिनाकुमारी यादव, नगर सचीव कृष्ण राउत सहितको उपस्थिती थियो । २०५२ सालमा यादवको हत्या भएपछि माओवादीद्वारा जनयुद्वको थालनी भएको गरिएको थियो । शहिद यादवका छोरा शेखर यादव समेत जनयुद्वका क्रममा मारिएका थिए उनलाई पनि शहिद घोषणा गरिएको थियो भने सांसद समेत रहेकी उनकी पत्नी रामकुमारीको ग्याँस दुर्घटनामा परि निधन भएको थियो । उनीहरु प्रति पनि कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको छ ।