एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : कोरोनाको संक्रमण वाट देशलाई थप क्षती हुन नदिन सरकारले जारी गरेको लकडाउनको पाँचौ दिन शनिवार समेत देश ठप्प छ । देश र जनताको हितमा गरिएको लकडाउनमा जनताले समेत हदै सम्मको साथ दिएको देखिन्छ । अतिआवयश्क काम पर्नेहरु मात्र घरवाट वाहिर निस्कने गरेका छन् । एता यस्तो अभाव र समस्याका बिच विभिन्न सहयोगी संस्था र व्यक्तिहरु समेत सडकमा देखिन्छन् । यो समस्या कुनै विशेष धर्म र जातको नरहेको भावना सवैमा छ । सहयोगका लागि हिन्दु मुस्लिम सवै समुदाय र क्षेत्रवाट सक्रिता हुनु समाजिक एकताको प्रतिक हो ।
धनुषा टिल्हीका अताबुल रहमान अध्यक्ष रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वाट सञ्चालित अलसुफाह एजुकेशन एण्ड वेलफेयर सोसाइटीले जनकपुरधाममा विभिन्न चौकहरुमा पुगेर करिव ६० थान ह्याण्डवास, सेनिटाइजर र करिव २ सय ५० थान मास्क वितरण गरेको छ । सेवा र सुरक्षार्थ खटेका सुरक्षाकर्मी तथा गरिव विपन्नहरुलाई सो सरसमानहरु वितरण गर्न समाजसेवी तथा नेकपाका वयोवृद्व नेता गंगाराम यादवको सुझाव अनुसार वितरण गरिएको रहमानले बताए । यस कार्यमा उनलाई चिकित्साशास्त्र अध्यन्नरत युवा मोहमद नसिर, मोहमद ओजैर मजनी सहितकाले समेत साथ दिइरहेका छन् । मुस्किलका वेला केहि भएपनि समाजमा सहयोग होस भन्ने अभिप्रायले सहयोग गरेको उनको भनाई छ ।
एता जनकपुरधाम स्थित अन्नपुर्णा होटलका सञ्चालक तथा जनकपुरधाम उद्योग बाणिज्य संघका सदस्य निरज साह मुन्नाले शनिवार जनकपुरधाममा ६ सय बोतल पानी र ६ सय ३० प्याकेट चाउचाउ वितरण गरेका छन् । जनताको सुरक्षा र सेवामा अहोरात खटने गरेका सुरक्षाकर्मी तथा भोका गरिव विपन्नहरुलाई सो समानहरु वितरण गरिएको मुन्नाले बताए । जनकपुरधामको बाह्रबिघघामा रहेका गरिव विपन्नहरु तथा कुष्ठरोगवाट प्रभावितहरुलाई समेत सहयोग गरिएको छ । यस कार्यमा उनलाई जनकपुरधामका युवाहरुले सघाएका छन् ।
उता असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहको सहयोग यात्रा दैनिक जारी छ । शनिवार समेत युवा ध्रमेन्द्र साहको साथमा मञ्चका अध्यक्ष साहले जनकपुरधामको विभिन्न स्थानमा पुगेर स्थानियवासी तथा सुरक्षाकर्मीहरुलाई पानी खुवाउनुका साथै मास्क समेत वितरण गरेका छन् । नेपाल बैश्य कल्याण महासंघ समेत निरन्तर गरिव विपन्न परिवारका लागि खानाको व्यवस्था गरिरहेको छ । यसका आलावा अन्य विभिन्न संघ संस्थाहरु समेत सडकमा जोखिमका बिच पनि सहयोग गर्न सक्रिय रहेका छन् ।