एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : दलितको अभियानलाई साझा र सवैको अपनत्व हुने बनाउन वक्ताहरुले सुझाव दिएका छन् । एनपिआईले जनकपुरधाममा आयोजना गरेको दलितको अवस्था, समावेशिता र आरक्षण सम्बन्धी ऐन कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले दलित सहितका विभिन्न विपन्न वर्गका समस्या उत्थानका लागि देश व्यापी अभियान थाल्न सवैको अपनत्व हुन जरुरी रहेको बताए ।
पुर्व मुख्यसचिव मान बहादुर विश्वकर्माको कार्यपत्र समेत प्रस्तुत गरिएको सो अवसरमा दलित अभियानी र अगुवाहरुले गैर दलितहरु आरक्षणको विरोध गरिरहेको र आरक्षण लागु हुन नदिन षडयन्त्र गरिरहेको बताएका थिए । दलित अगुवाहरु समानताको केहि आधार तय गर्न मात्र आरक्षण चाहिएकाले मुल मर्म बुझन आग्रह गरेका छन् ।
कार्यक्रममा अधिवक्ता सहितका अगुवाहरुले समेत आरक्षणलाई आ आफनो तरिकाले स्पष्ट पारेका थिए । कार्यक्रममा एमालेका धनुषा अध्यक्ष राजकिशोर यादव माओवादीका सचिव दिपक यादव, दलित विकास समितिका रामप्रवेश बैठा, एनपीआईका निर्देशक सिगेन्द्र बोगटी, प्रदेश २ अध्यक्ष बिनोद महरा, दलित अगुवा चन्देश्वर दास सहित विभिन्न पार्टीका प्रतिनिधीहरु एनपीआईका पदाधिकारीहरु, विभिन्न क्षेत्रका अगुवाहरु सहितको उपस्थिती थियो ।