एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ ले दुईदिनमै फरक फरक नियुक्ती गरेको निर्णय गरेपछि व्यापारीहरुमा राजनितिक प्रवेश गरेको अस्पष्ट भएको छ । महासंघ प्रदेश २ का अध्यक्ष गणेश प्रसाद लाठले गत साउन २७ गते जारी गरेको विज्ञप्तीमा गत साउन २३ गतेको महासंघ प्रदेश २ को कार्यसमितिको बैठकबाट सर्वसम्मत रुपमा जितेन्द्र महासेठलाई सचिवालय व्यवस्थापन समितिको संयोजकमा मनोनयन गरिएको व्यहोरा उल्लेख छ ।
सो निर्णय पछि जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका महासेठलाई बधाई र शुभकामनाको ओइरो लाग्यो । समाजिक सञ्जालमा उनलाई शुभकामनाहरु आए तर एक दिन नबित्दै प्रदेश २ अध्यक्ष लाठले पुनः अर्को बिज्ञप्ती जारी गर्दै सोहि पदमा जनकपुरधामका व्यवसायी राजेश अग्रवाललाई मनोनयन गरिएको उल्लेख गरेका छन् । महासंघ प्रदेश २ अध्यक्ष लाठको यो व्यवहार प्रति महासेठले आपती जनाएको छ ।
सचिवालय व्यवस्थापन समितिको संयोजकमा मनोनयन भएकाले राजेश अग्रवाललाई बधाई समेत दिदै महासेठले महासंघ प्रदेश २ को अध्यक्षलाई प्रयोग गरेर भएको गलत राजनितिको हिसावकिताब जनकपुरधामको ब्यापारीले गर्ने समेत बताएका छन ।