एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : प्रदेश २ को आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साहले मन्त्रालयको प्रभावकारिता बढाउनेमा जोड दिएका छन् । मधेश भवनमा आयोजित गृहप्रवेश तथा सवारीसाधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले जनतालाई महशुस हुने गरि कार्यसम्पादनका लागि मन्त्रालयको प्रभावकारिता बढाउन आवयश्क रहेको बताए ।
प्रदेश २ को आन्तिरक मामिला तथा सञ्चार मन्त्रालय नयाँ भवनमा सञ्चालनमा आएको छ । एक विशेष समारोहका बिच आज नवनिर्मित भवनमा शुभ प्रवेश गरिएको छ । सो अवसरमा मन्त्रालयले प्रदेश २ का प्रहरीको क्षमता र प्रभावकारिताको अभिवृद्विका लागि किनिएको बारुणयन्त्र, टिपर, भ्यान, जिप सहितका सवारीसाधनहरु हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्रालयकी राज्यमन्त्री, प्रदेश २ प्रहरी प्रमुख सहितको उपस्थिती थियो ।