एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको बाजेको निधन प्रति प्रदेश प्रमुख र उनको पार्टी जसपा नेपालले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ५ निवासी मन्त्री साहका बाजे धनिलाल साहको १ सय ७ वर्षको उमेरमा निधन भएको हो ।
प्रदेश प्रमुख र जसपा नेपालले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिर शान्ति र शोकाकुल परिजनमा समवेदना प्रकट गरेको छ । प्रदेश २ प्रमुख डा. राजेश अहिराज र जसपा नेपालको केन्द्रिय कार्यालय प्रमुख प्रकाश चौरसियाले शोक बक्तब्य जारी गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।