एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : मगही भाषा समाप्त गर्नका लागि केहि सम्रान्त व्यक्तिहरुले षडयन्त्र गरेको प्रदेश २ का आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साहले बताएका छन् । मगही फाउन्डेशनद्वारा जनकपुरधाममा आयोजित मगही दर्पण स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले मगही भाषालाई विस्थापित गर्न केहि व्यक्ति मैथिली भाषा सवै मिथिलाञ्चलवासी माथी लाद्दन चाहेको बताए ।
मन्त्री साहले प्रदेश २ मा सवार्धिक बोलिने भाषाका रुपमा मैथलीलाई प्रचार गर्नु गलत रहेको बताउदै मैथली भन्दा मगही भाषी धेरै रहेको बताए । उनले अगामि जनगणनामा भगही भाषीले मगही नै उल्लेख गर्नुपर्ने बताए त्यसका लागि अभियान चलाउन आग्रह गरे । भाषाविज्ञ डा.चन्देश्वर साह तथा प्रध्यापक डा. रामस्वार्थ रायले सर्लाही, रौतहट सहित विराटनगरहरुमा बोलिने मैथली भाषा पनि मगही भाषाकै एक अशं रहेको र धेरै पुरानो रहेको बताए ।
कार्यक्रममा मगही फाउन्डेशनका अध्यक्ष बिरबहादुर महतो, मगही भाषाका अनुयायी, अभियन्ता सहितको सहभागिता रहेको थियो
