एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली संग प्रदेश २ का आन्तिरक मामिला तथा सञ्चारमन्त्री भरत साहले भेट गरि स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । सुरुवाती चरणमै उहाँलाई क्यान्सर पता लागेपछि भारतबाट सफल उपचार गराएर घर फर्किनु भएका वरिष्ठ पत्रकार नेपालीको योगदान, प्रजातन्त्र प्राप्ती सहित देशको आमुल परिवर्तणमा उनले आफनो कलमका माध्यमके खेलेको भुमिका सहितको स्मरण गर्दै मन्त्री साहले नेपालीको पुर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

उहाँको योगदानको कदर स्वरुप प्रदेश २ सरकार र आफनो मन्त्रालयले उहाँलाई सम्मान गर्ने समेत मन्त्री साहले प्रतिवद्वता व्यक्त गरेका छन् । यस अघि नेपालीलाई शनिवार भेटन उहाँको जनकपुरधाम वडा नं. २३ लादोबेलास्थित घरमा प्रदेश २ प्रमुख राजेश अहिराज, जसपाका नेता तथा पुर्व उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो, जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद सहितका व्यक्तिहरु पुगेका थिए भने शुचेच्छुकहरु पुग्ने क्रम जारी छ ।