पुरन रौनियार
जनकपुरधाम, साउन २२ : विमानस्थल भनेको देशकै प्रतिष्ठा संग जोडिएको स्थल हो । आन्तिरक र बाहिरी पर्यटकका साथै भिआईपी र भिभिआइपी सम्मको आवागमण हुने बिमानस्थलको भवन गुणस्तरीय मात्र होइन त्याहाँ हरेक सुरक्षा हुन आवयश्क छ । तर जनकपुरधाममा नयाँ बनेको विमानस्थलमै जुनसुकै बेला कसैको पनि ज्यान जान सक्ने खतरा ।
विमानस्थल भनेको देशकै प्रतिष्ठा संग जोडिएको स् आन्तिरक र बाहिरी पर्यटक तथा भिआई पी र भिभिआइपी सम्मको आवागमण हुने स्थल हो । बिमानस्थलको भवन गुणस्तरीय मात्र होइन हरेक सुरक्षा हुन आवयश्क छ । तर यदि तपाँई जनकपुरधाम विमानस्थलमा जाँदै हुनुहुन्छ भने होसियार रहनोस किनकी जुनसुकै बेला जहाँबाट पनि कुनै बस्तु झरेर तपाँईको टाउको फुटनुका साथै ज्यानै जान सक्ने जोखिम रहेको छ । न पत्याए यो दृश्य हेर्नोस

शुक्रवार करिव ११ः३० बजे विमानहरुको आगमण भइरहेका बेला दुईचार पैसा कमाउन भन्दै आगमण कक्ष नजिक पुगेका सवारी चालक हुसलेन खानको ज्यान झन्डै बचेको छ । हुन त उनको उपचार अस्पतालमा अझै जारी छ र दुई टुक्रा भएको उनको टाँउमा १५ वटा टाँका लागेको छ । गत मंसिरमा मात्र उदघाटन भएको विमानस्थलको नयाँ टर्मिनल भवनकै छानाको जिप्सन टाँउकोमा खसेर उनी गम्भिर घाइते भएका छन् ।

उनको उपचार जारी रहेकाले अहिले नै केहि भन्न नसकिने चिकित्सक बताउछन् । उनी गाडी चालक रहेको र विमानस्थलमा यात्रीको प्रतिक्षामा बसेको विमानस्थल प्रमुख किरण गौतमले जानकारी दिए । विमानस्थलको आगमण कक्ष अगाडि छानामुनी बसिरहेका उसलेनको शरीरमाथि अचानक सिमेन्ट बोर्ड खस्दा उनी गम्भीर घाइते भएका छन् । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा उपचार भईरहेको उसलेनको क्षतीपुर्ती कस्ले दिने ? । विमानस्थलको नयाँ भवनमा कहाँबाट कति बेला कुन बस्तु झर्छ कुनै ठेकान छैन । यसअघि पनि विमानस्थलको माथिल्लो टप टर्मिनल भवनको जिप्सनहरु झरेपछि त्यसको पुर्ननिर्माण कार्य अझै जारी छ ।

करिव आठ वर्ष अगाडि ४२ करोडको लागतमा टर्मिनल भवन निर्माणको ठेक्का पाएको थेगिन जाल्भा, उमा जेभी कन्सट्रक्सन कम्पनीले गत मंिसंर २३ गते भवन हस्तान्तरण गरि सञ्चालनमा ल्याइएको थियो । तर आठ महिना नबित्दै सिमेन्ट बोर्ड र जिप्सन, प्लाई र फलामहरु धमाधम झर्न थालेपछि ज्यानै जाने जोखिम देखिएको छ । निर्माण कम्पनीका तर्फबाट सुपरभाइजर जमुना यादवका अनुसार आज झरेको सिमेन्ट बोर्ड अधिक तापक्रममा झर्न सक्ने जोखिम सहितका कुरा उनीहरुले विमानस्थललाई जानकारी गराएको थियो । तर पनि उनीहरुलाई सोहि बोर्ड लगाउन भनिएको रहेछ ।

भ्रष्टाचार र कमिसनको खेलमा कमसल समाग्री प्रयोग हुँदा एतिवेला यात्रु र सर्वसाधारण मात्र नभई भिआइपी र भिभिआइपीको समेत ज्यानको खतरा बढेको छ । निर्माण पक्षले आफुहरुलाई जे जे भनिएको थियो सोहि अनुसारको सामान प्रयोग गरिएको दावी गरिरहेका भने विमानस्थल प्रमुख गौतमले घाइतको उपचार सहित सबै खर्च निर्माण पक्षले बेर्होने र पुर्ननिर्माणसमेत गर्ने बताइरहेपनि कसैको ज्यान गएको खण्डमा भने कस्ले ग्यारेन्टी लिने ? प्रश्न छ ।

४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । यो बिलकुलै नयाँ प्रविधि हो । जुन नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन । तर, निर्माण सम्पन्न भएको केही दिनमै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरीयता माथि प्रश्न उठेको छ । यस्ता गुणस्तरहिन कार्यको तुरन्त विशेषज्ञ छानबिन गरि भुल सुधार गर्न र भ्रष्टाचार भएको पाइए कारवाही गर्न यात्रुहरुले मांग गरेका छन् ।
तस्वीर/दृश्य : संजय कुमार साह