एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ : नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले १४ महाधिवेशनको विकल्पमा नसोच्न आग्रह गरेका छन् । केहि नेताहरुले तत्काल विशेष महाधिवेशन गरि तर्दथ समिति बनाउन सकिने बताइरहेका बेला उपसभापती निधीले त्यसो हुन नसक्ने र त्यसको कुनै औचित्य नरहेको बताए ।
तर्दथ समितिको कुनै आवयश्कता नरहेको बताउदै निधीले सक्दो निर्धारित समयमै नभए केहि दिन सारेर भएपनि १४ औं महाधिवेशन गरिने बताए । उनले आफनो उम्मेदवारी पनि निश्चित रहेको समेत बताएका छन् ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका निधीले माधव नेपाल सहितको मन्त्री परिषद विस्तार गर्ने योजना रहेकाले मन्त्री परिषद बिस्तारमा ढिलाई भइरहेको भन्दै आज कार्यदलले प्रतिवेदन बुझाए संगै अर्को सप्ताह मन्त्री परिषदले पुर्णता पाउने विश्वास व्यक्त गरेका छन । जनकपुरधाम विमानस्थलमा उनको स्वागतका लागि प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री राम सरोज यादव, नेताहरु महेश शंकर गिरी, बजरंग प्रसाद साह सहितको सहभागिता रहेको थियो ।