एसपी रिपोर्टर
काठमाण्डौं, साउन २० : संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहको संयोजकत्वमा बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएको हो ।
प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन गर्न माग गरेका छन् । यस्तै विगतका दिनमा नागरिकता नपाएर गुमाएके सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरुको माग छ । धर्नापछि माइतीघरबाट निकालेको ¥याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।