एसपी रिपोर्टर
काठमाण्डौं, साउन २० : नेकपा एमालेको माधव–झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल–झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक बिहीबार बस्ने गरी स्थगित भएको जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयासरत नेताहरुले भने नेपाललाई बैठक रोक्न आग्रह गर्दै आएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षले समर्थन गरेको छ । देउवाले नेपाल पक्षलाई सरकारमा समेत सहभागी गराउने प्रयास गर्दै आएका छन् ।