एसपी रिपोर्टर
जनकपुरधाम, साउन १७ : गैर–आवासिय नेपाली संघ, अष्ट्रेलियाको क्यानवेरा राज्यमा धनुषाबाट ३ जना विजयी भएका छन् । जुलाई ३१, शनिवारका दिन भएको अनलाईन निर्वाचनमा धनुषाका शेफालिका अर्याल, रितेश कुमार महतो र बबिता कुशवाहा निर्वाचित भएका हुन् । तिनै जना आ–आफ्नो पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति अनलाईन मार्फत घोषणा गरेका हुन् ।
एनआरएनएको महिला विभाग (नारि निकुञ्ज) को क्यानवेरा राज्य समितिको संयोजक पदमा अर्याल र सदस्य पदमा कुशवाहा निर्विरोध भएका हुन् । जनकपुर, भानु चौक घर भएकि अर्याल रामसागर रामस्वरुप बहुमुखी क्याम्सका पुर्व प्रध्यापक तथा मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजीका पुर्व प्रध्यानाध्यापक लझ्मण अर्यालकि छोरी हुन् । उनि विवाह पछि उच्च शिक्षाको लागि सन् २००९ मा अष्ट्रेलिया गएकि हुन् ।
त्यस्तै, रौतहटको कटहरिया नगरपालिकामा जन्मेकी बबिता कुशवाहा विवाह पछिको घर धनुषाको रघुनाथपुरमा रहेको छ । उनि सोसल वर्क विषयमा स्नातकोत्तर गर्न सन् २०१७ मा अष्ट्रेलिया गएकि हुन् । साझा र सवल एनआरएनए नारा बोकेका समुहका सम्पुर्ण पदाधिकारी नारि निकुञ्जमा निर्विरोध निर्वाचित भएको हो ।
रितेश कुमार महतो भने क्यानवेरा राज्य समितिको युवा समितिका सदस्यमा निर्विरोध भएका हुन् । महतोले पनि साझा र सवल एनआरएन समुह बाटै उम्मेदवारी दिएका थिए । क्षिरेश्वर नगरपालिका, महेन्द्र नगरका महतो भने म्याकानिकल ईन्जिनियरिङमा उच्च शिक्षाका लागि सन् २०१७ मा अष्ट्रेलिया गएका हुन् । क्यानवेरा राज्य समितिको सम्पुर्ण पदमा साझा र सवल एनआरएनए समुहकै पदाधिकारीहरुले जित हात पारे । जसका नेतृत्व अशोक वस्नेतले गरेका थिए ।