एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ : प्रदेश २ का भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले परम्परागत खेती त्याग्दै व्यावसायीक खेती तर्फ तन मन र धन लगाउन किसानहरुलाई आग्रह गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिकामा मल उत्पादन गर्ने उद्योग आरोह फरटिलाइजर प्रा.ली कम्पनीको शिल्यानास गर्दै मन्त्री साहले व्यवसायीक खती नभए सम्म प्रदेश र देशको किसान हर्षित हुन नसक्ने बताए ।

अहिले सम्मको नेपाल सरकारले कृषि क्षेत्रमा ३ प्रतिशत भन्दा बढी लगानी गर्न नसकेको आरोप लगाउदै मन्त्री साहले नेपाललाई कृषि प्रधान देश भनिएपनि ठोस कृषि एन ल्याउन नसकिएको उनको तर्क छ । संघिय कृषि मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले किसानका लागि नभई नहुने जैबिक मलको कारखाना स्थापनाले यस क्षेत्रको किसानका लागि संजीवनीबुटी सरह हुने बताएका छन् ।

आरोह फरटिलाइजर प्रा.लीका सञ्चालकद्वय शैलेन्द्र शमसेर जबरा अध्यक्ष र आंङ्गकामी लामाले आफुहरुको सानो लगानीले यस क्षेत्रको किसानलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गरे । प्रा.लीले मल उत्पादन गर्न थालेपछि किसानको उत्पादनमा पनि बृद्वि हुने विश्वास लिइएको छ । पहिलो चरणमा सात हजार पाँच सय मेट्रिकटन उत्पादन गर्दा कुल २८ करोडको लागतमा यो उद्योग तिन बिघघा १२ कठ्ठाको क्षेत्रफलमा स्थापना हुन भइरहेको छ । कार्यक्रममा प्रदेश मन्त्रालयककी सचिव, राप्रपा नेपालका जिल्ला तथा केन्द्रिय नेताहरु सहितको उपस्थिती थियो ।