एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ : जनकपुरधामको सडक र चौकहरुमा रहेको फोहर समेत व्यवस्थापन गर्न नसेको भन्दै युवाहरु आक्रोसित भएका छन् । जनकपुरधाम उपमहानगर–४ स्थित मेयर लालकिशोर साहको घर अगाडि युवाहरूले आज बिहान फोहर थुपारिदिएका छन् ।
जनकपुरधाम धार्मिक नगरी भएको र दैनिक आन्तिरक तथा वाहिरी पर्यटक आउने पवित्र स्थल रहेपनि कम्तिमा भएपनि फोहोर व्यवस्थापन समेत गर्न चासो नदेखाएको भन्दै स्थानीय मनिष पासवान नेतृत्वको युवाहरूले सडकको फोहोर उठाएर मेयर साहको घर अगाडि थुपारेका हुन् ।

उनीहरूले मेयर साह र उपमेयर रिता मिश्रविरुद्ध नाराबाजीसमेत गरे । ‘जनकपुर सन पावन नगरी, एकरा बना देली कचरा के डगरी’, ‘कतबो करबे बापरे बाप, कर परतौ तोरे साफ’ लगायतका नारा समेत युवाहरूले लगाएका छन् । फोहोर नउठ्दा शहरी क्षेत्र नै कुरूप बनेको र आतंक मच्चाएको लामखुट्टे नियन्त्रणमा चासो नदेखाएपछि विरोध स्वरूप मेयर साहको घर अगाडि फोहोर फालेको युवाहरूले बताएका छन् ।