एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : प्राविधिक कारण देखाउदै भोली साउन १६ गते शनिवार तय भएको श्री महाविर युवा कमिटिको साधारणसभा स्थगित गरिएको छ । कमिटिका अध्यक्ष सन्तोष कुमार साह महासचिव रंजित कुमार भगत तथा कोषाध्यक्ष रंजित साहले संयुक्त रुपमा एक सुचना सन्देश जारी गर्दै साधारणसभा स्थगित भएको जानकारी गराएको छ ।
शुक्रवार निर्धारित कार्यसमितिको बैठकमा कोरम नपुगेका कारण बैठक स्थगित भएको जसकारण शनिवार तय भएको साधारणसभाका लागि प्राविधिक कार्यहरु पुरा हुन नसकेपछि समस्या उत्पन्न भएको भन्दै अर्को सुचना जारी नहोउन्जेल सम्मका लागि साधारणसभा स्थगित गरिएको सुचना मुलक विज्ञप्तीमा उल्लेख छ ।
हेर्नोस विज्ञप्ती
