एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : नेपाल शिक्षक महासंघले प्रदेश २ सरकारको मुख्यालय अगाडि रिले अनशनमा बसेका छन् । राष्ट्रिय स्तरको चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार देशभरिको सम्पुर्ण स्थानिय तह, ७७ जिल्ला शिक्षाको सवै शिक्षा सम्न्वय इकाइ, सातवटै प्रदेशको समाजिक विकास मन्त्रालय तथा संघिय शिक्षा मन्त्रालयमा रिले अनशन एक साथ जारी रहेको शिक्षक अगुवाहरुको भनाई छ ।
महासंघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले विहान ८ बजे देखि बेलुकी ४ बजे सम्म निरन्तर रिले अन्सन बस्ने बताए । आन्दोलन रहर नभएर बाध्यता रहेको भन्दै शिक्षकका अगुवाहरु २०७५ फागुन ९ गते महासंघ संग तत्कालिन सरकारले गरेको ३० बुँदे सम्झौता सहितका पटक पटक भएका सम्झौताहरु कार्यान्वयन हुन नसकेकाले आन्दोलन गर्न परेको उनीहरुको तर्क छ । पेशागत हकअधिकार, गुणस्तरीय शिक्षा र दरबन्दी मिलान सहितका मांगहरु सहित आफुहरु निरन्तर आन्दोलित रहेपनि सरकार नसुनेको उनीहरुको गुनासो छ ।

देशमा आमुल परिवर्तण भएपनि पञ्चायती कालकै शिक्षा नितिले शिक्षा क्षेत्र अगाडी बढिरहेकाले सोच्नु पर्ने बेला आएको उनीहरुको तर्क छ । अनसन बस्ने क्रममा केहिबेर शिक्षकहरु र प्रहरी बिच घम्साघम्सी समेत भएको थियो ।