एसपी रिपोर्टर
काठमाण्डौं, साउन ८ : बारा कांग्रेसमा उत्पन्न विवाद काठमाण्डौं पुगेको छ । बारामा वडाका वडा सभापतिहरुलाई बिना जानकारी क्रियाशिल सदस्यता एकैचोटी केन्द्रमा थपिएपछि सम्पुर्ण वडा सभापतिहरु विरोधमा उत्रिएका छन् । उनीहरु काठमाण्डौं पुगेर पार्टीको केन्द्रिय कार्यालयमा धर्नामा बसेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय फरमुल्लाह मन्सुर र राधेचन्द्र राय यादवहरु मिलेर विधि बिधानलाई लत्याउदै पार्टी कब्जा गर्न चाहेको भन्दै उनीहरु काठमाण्डौं केन्द्रित आन्दोलन थालेका हुन । बारा जिल्लाको कुल ३० वटा वडाका वडा सभापतीहरु जिल्लाका क्षेत्र नं. १, २ र ४ का क्षेत्रीय सभापतिहरु क्रमश बिजय शंकर यादव, राम प्रवेश यादव र सुनिल प्रसाद गुप्ताहरु जिल्ला सभापति जय चन्द्र चौरसिया संग मिलेर बिना सिस्टम पार्टी कब्जा गर्ने नियतले वडा सभापतिहरुलाई क्रियाशिल सदस्यताको फारमनै उपलब्ध नगराई किर्ते गरि हजारौं फर्जी क्रीयाशिल सदस्य केन्द्रमा दर्ता गराएको आरोप उनीहरुको छ ।
बारा क्षेत्र नं. ३ का सभापती मुकेश कुशवाहा भने विरोधमा रहेका ३० जना वडा सभापतीहरुको पक्षमा रहेका छन् र उनी पनि धर्नामा बसेका छन् । धर्नामा २० वडाका वडा सभापतिहरुका साथै नेताहरु संविधानसभा सदस्य लालबाबु सिंह, राम अयोध्या यादव, महासमिती सदस्य रामानन्द यादव, मेयरहरु सुरेश खनाल, उपेन्द्र यादव, अमिरिलाल पाल, जिल्ला सचिव मनोज भट्ट, नेताहरु राजेश रौनियार, पेमा लामा, बिजय गुप्ता लगायत सैयौं नेता कार्यकर्ताहरु १३ दिन सम्म पनि जिल्लामा धर्नामा बसेपनि कुनै सुनुवाई नभएको बताइन्छ ।
बारा जिल्लामा कहिले पनि कुनै पनि आन्दोलनमा सहभागी नभएका र राजावादीको आरोप लागिरहेका जिल्ला सभापति जयचन्द्र चौरसिया र केन्द्रिय सदस्य राधेचन्द्र राय यादवको कारण ईमान्दार कार्यकर्ताहरु पाखा लाग्ने दिन आउन नदिन यो लडाइलाई अन्तिम निश्कर्षमा पुर्याउन आन्दोलन जारी राख्ने आन्दोनकारीहरुको भनाई छ ।