एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ : स्र्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्री बनाउन परमादेश गरे संगै जनकपुरधामका युवा ज्योतिष तथा वास्तु जानकार ज्योतिष विवेक पनि चर्चामा आएका छन् । छ महिना अगाडि ज्योतिष विवेकले अषाढ र श्रावणको बिचमा देउवालाई राजयोग गरेको भविष्यवाणी गरेका थिए ।
युवा ज्यातिष विवेकले यस अगाडि विभिन्न मिडिया मार्फत देउवाको बारेमा केही भबिष्यवाणी गर्ने क्रममा यस बिचमा उनमा राजयोगको सम्भावना नरहेको तर्क गरेका थिए । एसपी खवरसंगको कुराकानीमा ज्योतिष विवेकले पनि यस कुरालाई स्वीकार गर्दै भने, ‘मैले राजयोग रहेको र चुनौती पुर्ण समयहरु समेत आउन सक्ने भनेर समेत सुझाव दिएको बताए ।’ उनले देउवालाई असार देखि श्रावणको बिचमा पुनः पद प्राप्तीको योग रहेको तर यो समय देउवाको लागि त्यति सजिलो नरहने र चुनौती तथा बिरोधीहरुको सामना समेत गर्नुपर्ने बताए ।
जनकपुरधामका चर्चित वरिष्ठ ज्योतिष अशोक पाण्डेका सुपुत्र युवा ज्योतिष विवेक ति शिर्षनेताहरुको भविष्यवाणी र योग हेर्ने टिममा जनकपुरधामको चर्चित पात्रो जानकी भितेपात्रोबाट प्रतिनिधित्व गर्ने गरेका छन् ।