एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ : सर्वोच्च अदालतको फैसला आएसँगै जनकपुरधाममा विपक्षी गठबन्धनले विजयी जुलुस निकालेका छन् । अदालतले संसद पुनःस्थापना गरेको भन्दै संयूक्त विद्यार्थी संगठनको अगुवाईमा सोमबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगरभरि प्रदर्शन गर्दै जनकचौकमा मैनबत्ती प्रज्वलन गरेका छन् ।
संयूक्त विद्यार्थी संगठनले रेल्वे स्टेशनबाट निकालेको जुलुस भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनरपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा परिणत हुनु पूर्व विद्यार्थीहरुले अदालतको फैसलालाई स्वागत गर्दै विजय उत्सव स्वरुप मैनवत्ती प्रज्जवलन गरेर खुसियाली मनाएका थिए ।

अदालतले संसद पुनःस्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको भव्यतापूर्वक स्वागत गरेको छ । जुलुस प्रदर्शनको क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियू धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी यूनियन लगायतका संंगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।