एसपी रिपोर्टर
काठमाण्डौं, असार २८ : एमालेका प्रतिनिधीसभा सदस्य महेश बस्नेतले प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरा आफै प्रधानमन्त्री बन्ने योजनाका साथ यस्तो आदेश दिएको आरोप लगाएका छन् । प्रतिनिधीसभा बिघटन विरुद्व र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश सहितको स्र्वोच्च अदालतले आज गरेको फैसला पछि काठमाण्डौंमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म चुनौती दिन चाहन्छु, प्रधान्यायधिश आफै प्रधानमन्त्री बन्न यस्तो आदेश गरेको हो ।’
उनले प्रधानमन्त्री बन्ने सौख भए एमालेमा प्रवेश गर्न समेत प्रधानन्यायधिशलाई आग्रह गरेका छन् । स्र्वोच्चको परमादेश कार्यान्वयन हुन नसक्ने भन्दै उनले योजनावद्व तरिकाले संसदिय र संवैधानिक र्मम विपरित स्र्वोच्चको फैसला आएको बताए ।