एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ : सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध जनकपुरमा एमालेनिकट युवा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

जनकपुरधामको पिडारी चोकमा यूवा संघका कार्यकर्ताले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतको विरुद्धमा नारा लगाइरहेका छन् ।
यसअघि उनीहरुले मोटरसाइकल जुलुस निकालेका थिए । जुलुस सम्पन्न भएलगत्तै संसद पुनःस्थापनाको खबर पाएपछि उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।