एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : हुन त कांग्रेस पार्टी यस्तो रुख हो, जस्मा बुढेशकाल लागेका हाँगाविङ्गालाई समेत अवसर पाउन औधी मेहनत गर्नुपर्दछ । तर देशको नयाँ राजनितिक उताबचढावका कारण कांग्रेस जस्तो पार्टी पनि नयाँ सोच्नु पर्ने बाध्यात्मक स्थितीमा पर्ने अवस्था आएको विश्लेषकहरु बताउछन् । सन्दर्भ हो कांग्रेस, जनकपुरधाम र उपसभापति विमलेन्द्र निधिको अगामि राजनितिक भविष्यको ।
वर्तमान स्थितीमा मधेशमा कांग्रेस भनेकै बिमलेन्द्र निधी हो भन्दा फरक नपर्ला । पार्टीको हाल उपसभापति रहेका उनी सभापतीमा उम्मेदवारी दिने भएपछि पार्टीकै शिर्षनेताहरुमा उपल्लो स्थान पाइसकेका छन् । अहिले सम्म पार्टी सभापति शेर बहादुर देउवासंगसंगै राजनितिक यात्रा गरिरहेका निधी सभापतीमा आफै उठने घोषणा गरे संगै देउवाको एक हिसावले विरोधी जस्तै उभिने अवस्थामा पुगिसकेको छ ।
निधीको अगामि क्षेत्रीय भविष्य
कुनै पनि नेता राष्ट्रिय र दलिय राजनितिमा जति उचाई हासिल गरेपनि उनको निर्वाचन क्षेत्र र त्यसमा उनी प्रति जनताको अभिमत हुनु उतिनै आवश्यक हुन्छ । तर निधीको सवालमा भने उनको स्थानिय जनमत र क्षेत्रमा पडक राम्रै भएपनि चुनाव भने चुनौतीपुर्ण देखिने गरेको छ । निधी जिते पनि हारेपनि दुवै थोक उनका लागि सहज भने हुने गरेको देखिदैन । यस अघि उनी जितेका चुनावी परिणाम हेर्दा समेत उनको जित सहज भएको देखिदैन ।
गत चुनावमा भने उनी सर्लाहीबाट आएर उम्मेदवार भएका राजपा नेता राजेन्द्र महतोसंग पराजित भए । दुई हजार मात्रको मतान्तर भएपनि त्यो हार निधीलाई झस्काएकै हो । किनकी महतोका लागि सवै नयाँ र एक राजनितिक सक्रियता हेर्ने हो भने निधीको गोरहा खेत हो वर्तमान धनुषा निर्वाचन क्षेत्र नं. ३ ।
निधीको हारमा जनकपुरधाम बजार क्षेत्रको मतदाता मुख्य कारक नभए पनि उपमहानगरपालिकाको कार्यपालिकामा कांग्रेसको कमजोर उपस्थिती पनि एउटा कारण बन्यो । बजार क्षेत्रमा महतो र निधीले सम्मानजनक र कडा प्रतिस्पर्धात्मक मत ल्याएको देखिन्छ । उपमहानगरको नेतृत्व गुमाउँदा निधीलाई केहि न केहि भएपनि बजार क्षेत्रमा पनि घाटा भने भएकै हो ।
सभापतिमा दाबेदार निधीको यसपालिको मुख्य चुनौती पुनः उनको निर्वाचन पनि हुनेछ । वर्तमान राजनितिक समिकरण अनुसार नै दलहरु अगाडि बढने हो भने ठाकुर समुह र एमालेको साँझा उम्मेदवारको रुपमा उनको प्रतिस्पर्धी पुनः महतो नै हुनेछ नभए एमाले नेतृ जुली महतो । निधी दुवैजनासंग चुनावमा भिडेको र एकमा जित तथा अर्कोमा हारेपनि दुवै उनका लागि सहज थिएन, कठिन र चुनौतीपुर्ण नै रहयो ।
जनकपुरमा कस्ले जोडन सक्छ कांग्रेस
निधीलाई चुनावी परिणाम असहज पार्ने अर्को तत्व हो जनकपुरधाममा कांग्रेस भित्रको गुटबन्दी । मधेश निधीको नेतृत्वमा हिनेको देखिएपनि निधीको आफनै क्षेत्रमा भने कांग्रेसमा व्यापक गुटबन्दी छ । स्थानिय तहकै चुनावमा टिकट वितरण देखि सुरु हुने गुटबन्दी र असन्तुष्टि निधीको संसदिय निर्वाचन सम्म प्रभाव पार्ने गरेको उदाहरणहरु धेरै छन् ।
अगामि चुनाव पहिलो चरणमा संसदिय नै हुने तय भएपनि पहिलो चरणमा स्थानिय तहकै चुनाव हुने छाटकाँट प्रवल छ । वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले नै चुनाव गराउने बातावरण बने उनले पहिलो चरणमा स्थानिय तहको चुनाव गराई मुल्याकंन गरेर र मात्र संसदिय चुनाव गराउने जानकारहरुको दावी छ ।
यस्तोमा निधीको अगामि संसदिय निर्वाचनको परिणाममा पुनः जनकपुरधामको अहम भुमिका हुनेछ । विश्वसनिय स्रोकका अनुसार पहिला स्थानिय तहको चुनाव भए यसपालि निधी कुनै पनि हालतमा जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गुमाउने पक्षमा रहने छैन किनकी त्यो चुनावले नै पुनः संसदिय चुनावको रुपरेखा जनकपुरधाममा कोर्ने छ । तर कांग्रेसलाई मेयरको उम्मेदवार लगाउन पुनः सजिलो भने छैन ।
मेयरमा अहिले सम्म कांग्रेसबाट पुनः जनकपुरधाम नगरसभापति मनोज साह, पुर्वमेयर बजरंग प्रसाद साह, जिवनाथ चौधरीका साथै मारवाडी समुदायबाट पनि दावी रहेको बताइन्छ । कांग्रेसकर्मीहरुकै अनुसार यि सवै नामहरु मध्ये एक छान्दा पनुः निधीको चुनावी यात्रा सजिलो भने हुने देखिदैन । यि सवै नामहरु एक अर्काको व्यापक प्रतिस्पर्धीहरु रहेकाले पनि एक छान्दा वाँकी खुट्टा तान्ने शान्त बस्ने कांग्रेसी मतको धारणा छ ।
यस अघि मेयरमा चुनाव लडेका मनोजको कांग्रेस भित्रै धेरै विरोधीहरु उत्पनन भइसकेको छ भने पुर्वमेयर साह र चौधरी संग चुनाव लडन नपाउने प्राविधिक र कानुनी अडचनहरु रहेको सुनिने गरिएको छ ।
जनकपुरधाममा नवकांग्रेसी राकेशको क्रेज
शब्दहरु कसैको तारिफ योग्य हुनसक्ला तर जनकपुरधाममा कांग्रेसको क्रेज बढाउने सक्रिय पात्र हुन राकेश विक्रम साह । यस अघि कुकुर छापबाट उपमेयरमा स्वतन्त्र चुनाव लडेर निधीको ध्यान तानेका राकेश पनि मेयरको रेशमा रहेको ति शान्त कांग्रेसी मात्र होइन स्वयम निधी र राकेशले पनि अस्वीकार नगरेको देखिन्छ । धेरै सक्रिय हुनुहुन्छ मेयरमा लडनु हुन्छ कि ? एसपी खवरको प्रश्नमा राकेशले पार्टीले तोके पार्टीलाई एक गरि जिताएर देखाउने बताए ।
निधी निकट स्रोतका अनुसार निधी उपमहानगरको नेतृत्व हत्याउन यसपालि जुनसुकै परिक्षण गर्न पनि तयार हुनेछ । कांग्रेसको परम्परागत शैलीलाई तोडेर नयाँ पात्र ल्याउन परेपनि जनकपुरधामको मेयर जित्नै पर्ने निधीको योजना रहेको स्रोतको दावी छ ।

त्यसका लागि पार्टीमा नयाँलाई प्रवेश गराउन वा राकेश जस्ता घर घर पुग्ने सक्रिय युवा पनि निधीको छनौटमा पर्न सक्ने त्यस स्रोतको भनाई छ । राकेश तिनै पात्र हुन जो कोरोनामा घर घर पुगेर राहत वितरण देखि, ब्लड (रक्त) आपुर्ती, एम्बुलेन्स व्यवस्थापन, अक्सिजनको जोहो हुदै शव व्यवस्थापन सम्ममा दिनरात गरि काम गरेका छन् । उनी अव जनकपुरधाममा अपरिचित रहेनन । सक्रियता र लगनशिलता त उनको परिचय नै बनिसकेको छ । जहाँ पनि तुरन्त पुग्ने कांग्रेसकर्मीका रुपमा अगाडि बढिरहेका उनको कामको प्रगती विवरण निधीको कानमा पुग्ने गरेको स्रोतको भनाई छ ।
निधीलाई राकेशको सक्रियता र उनको कामको बारेमा सुनाउदा उनी खुसी हुने गरेको समेत स्रोतको भनाई छ । राकेशलाई ल्याइए अन्य मेयरका आकांक्षीहरुको तानातान पनि शान्त हुने र युवाप्रतिको आकर्षणलाई प्रचार प्रसार गरि स्थानिय तहको चुनाव सजिलै जित्न सकिने विश्लेषण निधीको शान्त र ओझेलमा रहेका शुभेच्छुकहरुको छ । तर कांग्रेस परम्परागत पार्टी रहेकाले राकेश जस्ता भर्खरका युवा र पार्टीका लागि नवप्रवेशीहरुको भने तत्कालै कुनै चान्स नरहेको भन्नेहरु पनि कम भने छैनन ।