एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : ठगी आरोपमा धनुषा सपहीका ईन्जिनियर उदय यादव पक्राउ परेका छन् । पटक पटक ठग्दै झुठो चेक काटेको आरोपमा उनको काठमाण्डौं स्थित निवासबाट उनलाई पक्राउ गरिएको बताइएको छ । उनी पुर्वराष्ट्रपति डा. रामवरण यादवको जेष्ठ दाई रामसुनर यादवको छोरा र जनकपुरधाम स्थित दन्त चिकित्सक डा. उमेश यादवका भाई हुन ।
काठमाण्डौं स्थित उनको घरमा प्रहरी पुगेर पक्राउ गरेको बताइएको छ । विभिन्न कारोबारमा धेरैको पैसा वाँकी बक्यौता राखेको र अलमल गर्ने गरेको उनी विरुद्व पछिल्लो समय उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरिएको बताइएको छ ।