एसपी रिपोर्टर
जनकपुरधाम, असार २४ : देशमै कान्छो मेयरका रुपमा परिचित धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादव विशुद्व बामपन्थी विचारधाराका हुन । जनमुक्ती सेनाको कमान्डर परिवारकै सदस्य रहेकाले तत्कालिन जनयुद्वमा समेत सक्रिय सहभागिता रहेको उनले आफनो मेयर कार्यकालमा समेत युवाका रुपमा काम गरिरहेका छन् । प्रस्तुत छ पछिल्ला धटनाक्रम र नगरपालिकाको हालखवर सम्बन्धमा आधारित उनीसंगको कुराकानी ।
कोरोनाकालमा के गर्दै हुनुहुन्छ मेयर साव ?
कोरोनाकालमा समस्या सवैका लागि उस्तै हो तर हामी जिम्मेवार पदमा रहेकाले सक्दो काम गर्ने कोशिस गरिराखेकै छौं, कोरोना सम्बन्धमा नगरबासीका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु र प्रचारप्रसार देखि, कोरोना परिक्षण, उपचार, क्वारेन्टाइन सहितका कामहरु अवस्था अनुसार भएको यहाँहरुलाई थाहै छ । पछिल्लो समय जारी कोरोना कहरमा जनकपुरधाम सहित देशका विभिन्न शहरहरुमा उपचार समेत भइरहेकाले हामीले नगरवासीका लागि एम्बुलेन्स सेवा र त्यस्तै परेकाबेला आफुहरुले चढने गाडी समेत एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएको कुरा यहाँहरुलाई जानकारी नै छ । नयाँ आर्थिक वर्षमा स्वास्थय र शिक्षामा केन्द्रित रहने छौं ।
एउटा नगरप्रमुखको हैसियतले भनु पर्दा कोरोना नियन्त्रणमा स्थानिय सरकार राम्रो काम गर्न सक्यो त ?
ह्ेर्नोस, सुरुको कोरोना आफैमा सवैका लागि नौलो र डरलाग्दो भएर पनि स्थानिय तहमा जुन किशिमले क्वारेन्टाइन, कन्टयाक्ट ट्रेसिङ्ग, आइशोलेसन सहितका कामहरु भयो त्यसको मुल्याङ्कन यहाँहरुले गर्नुभएकै होला, यद्यपि त्यसपछि सरल भएको अवस्थामा अगामि दिनका लागि जुन तयारी हुनु पर्दथ्यो त्यो नभएकै हो र जारी कोरोना कहरमा अलिक समस्या भयो तर अस्पतालहरुमा उपचार उपलब्ध रहेकाले भने खासै त्यो अवस्था देखिएन ।

उपचार त भयो मेयर साव तर विरामीका परिवारजन त लुटिए नि, स्थानिय स्तरमा केहि भयो त ?
हो त्यो समस्या भएकै हो, निजि अस्पतालहरुले पैसा लिएकै हो, स्थानिय स्तरमा अक्सिजन सहितको आइशोलेसन सञ्चालन हुन सकेको भए हदै सम्म राहत भने हुन्थ्यो तर अक्सिजनको अभाव पनि एउटा मुख्य समस्या थियो । स्थानिय स्तरमा कुनै उपचारकेन्द्र स्थापना गर्दा अक्स्जिन आपुर्ती चुनौती देखिएकाले पनि स्थानिय स्तरमा आइशोलेसन स्थापना हुन नसकेको हो ।

कोराना अव तत्काल अल्पकालिन समस्या रहेन, कस्तो योजना ल्याउनु हुन्छ ?
हो अव तेस्रो र चौथो लहर आउने पनि सुनेका छौं, त्यस विषयमा आवश्यक परामर्श गरेर अगाडि बढने छौं । नयाँ आर्थिक वर्षमा कोरोनाको रोकथामका सबै उपाय अवलम्बनका लागि हदै सम्मको प्रयास गरिन्छ र कुनै कसर बाँकी नराख्ने गरि काम गर्छौ ।
स्वास्थ्य जस्तो संवेदनशिल विषयमा पनि स्थानिय सरकार गम्भिर भएको छैन नी ?
कमीकमजोरी छ, म फेरी भने कोरोना आफैमा विश्व समुदायका लागि नौलो र चुनौतीपुर्ण समस्या भन्दा पनि महामारी नै हो त्यसैले अलिक समय लागेको हो यद्यपी अव भ्याक्सिन देखि लिएर कोरोनाको रोकथाम र नियन्त्रणका योजना तथा कार्यक्रममा कुनै कसर वाँकी राखिन्न ।

नयाँ वर्षको निति तथा कार्यक्रम र योजना प्राथमिकिकरण कस्तो हुनेछ ?
शहिदनगरले छैटौं नगरसभाबाट आर्थिक वर्ष २०७८–०७९ को लागि ५३ करोड ७५ लाख ४३ हजार ८११ रुपैयाँ अनुमानित बजेट ल्याएको छ । सम्पन्न छैटौं नगरसभाबाट स्वास्थ्य शिक्षा, कृषि, सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिँदै ५ करोड ७५ लाख ४३ हजार ९ सय ८११ रूपैयाँ बजेट, नीति तथा कार्यक्रम पारित गरिएको जानकारी गराउन चाहन्छु र ढुक्क रहनोस स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार निर्माण क्षेत्रमा अधुरा कामहरुलाई प्राथमिकता दिएर काम गरेर देखाउँछु ।
धन्यवाद
धन्यवाद तपाँइलाई पनि