एसपी रिपोर्टर
जनकपुरधाम चैत १३ : प्रदेश २ सरकार मन्त्रीपरिषदको बैठक बस्दै छ । बिश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागी अप्नाउन सकिने विभिन्न उपाय र सतर्कता सहित महत्त्वपुर्ण निर्णय गर्न प्रदेश २ सरकारको मन्त्रीपरिषदको बैठक बस्दै छ । बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु समेत एक अर्का संग दुरी बनाएर बसेका छन । न्युन संचारकर्मीहरुलाई टाढाबाटै तस्वीर र दृश्य खिच्न दिईएको छ । करिब एक घन्टा सम्म बस्ने बैठकले प्रदेश २ मा कोरोना माहामारीको सन्धर्भमा विशेष निर्णयहरु गर्ने बताइएको छ ।