एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ : कोभिड –१९ को दोस्रो भेरियन्टको प्रतिकार्यका लागि युएनएफपिए द्वारा प्रदेश २ सरकारलाई अत्याधिक मात्रामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनएफपिए प्रादेशिक कार्यालयले कुल ५० लाख वरावरको स्वास्थ्य सामग्री आज एक समाहरोहका बिच प्रदेश २ सरकारलाई हस्तान्तरण गरेका हुन ।
सरसमानको विवरण

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको विशेष उपस्थितीमा उक्त सामग्री प्रदेश स्वास्थ्य आपुर्ती तथा व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादवलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा प्रदेश २ निति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, युएनएफपिए प्रादेशिक कार्यालय प्रदेश २ का प्रमुख नरेन्द्र मिश्र लगायतको सहभागिता रहेको थियो ।