एसपी रिपोर्टर
जनकपुरधाम, असार २० : जनकपुरधाममा प्रधानमन्त्री केपि शर्मा ओली समर्थित युवाहरुले प्रदर्शन गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्व नारावाजी गरेका उनीहरु कांग्रेस सभापति देउवा विरुद्व समेत नारावाजी गरेका थिए ।

युवा संघका युवाहरु दिनेश सिंह, जानी खान, उज्जवल अग्रवाल, राजु गुप्ता सहितको उपस्थिती थियो । विपक्षी पाँच दलका युवाहरुले आज मशाल जुलुस निकाल्ने तयारी गरिरहँदा युवा संघले विरोध प्रदर्शन गरेको हो ।