एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ : कोभिड–१९को संक्रमण न्युनिकरण तथा उपचार गर्न सघाउने उद्देश्यले सेभ द चिल्डे«नद्वारा प्रदेश २ सरकारलाई रु.७३ लाख ५८ हजार बराबरको अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको छ । सामग्रीहरू प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत मार्फत प्रदेश २ स्थित प्रदेश स्वास्थ्य आपुर्ती तथा व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामग्रीहरूमा आइ भि स्ट्याण्ड सहितका आइ.सि.यू.बेड, भाईरल ट्रान्स्पोर्ट मिडियम, सीप्याप, बिप्याप, अक्सिजन कन्सनट्रेटर लगायत कोभिड –१९ उपचारका लागी अन्य विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू रहेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री माननीय नवल किशोर शाहले भने, ‘हामीलाई आज पनि त्यो समय स्मरण छ जब मास्कहरू समेत नहुँदा सेभ द चिल्डे«नबाट हामीलाई धेरै सहयोग प्राप्त भएको थियो । यस कोभिड १९ माहामारीको तेश्रो लहर आउने सम्भावना हुँदै गर्दा, प्रदेश २ सरकारलाई सेभ द चिल्डे«नले गरेको स्वास्थ्य सामग्री सहयोगका लागि हामी हृदयदेखि धन्यवाद दिंदै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गर्दछौँ ।’

प्रदेश २ लगायत नेपालका स्वास्थ्य संस्थाहरूमा जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउँदै, स्वास्थ्यसेवा प्रणालीको सुदृढीकरणमा सहयोग गरी अत्यन्तै खाँचोमा रहेका जनसमुदायलाई सेवा दिलाउन सेभ द चिल्डे«न सदैव क्रियाशिल रहेको छ । ‘कोभिड –१९ महामारीको शुरुवाती अवस्थाबाटनै हामी संघिय, प्रादेशिक तथा स्थानीय सरकारसँग हातेमालो गर्दै कोभिड –१९ विरुद्दको यस लडाईमा आफ्ना नियमित तथा ग्लोबल फण्डको परियोजनाहरू मार्फत सहयोग गर्दै आईरहेका छौं, ‘सेभ द चिल्ड्रेन पूर्वान्चल फिल्ड कार्यालयका सह निर्देशक डा. अजय कान्तले बताए ।’
सेभ द चिल्डे«नले कोभिड –१९ को दोश्रो लहर शुरु भए सँगै प्रदेश २, बागमती प्रदेश, लुम्बीनी प्रदेश र कर्णाली प्रदेशका स्थानीय सरकार तथा अस्पतालहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गर्दै आईरहेको छ । सेभ द चिल्डे«नका राष्ट्रिय निर्देशक जेनिफर साइदले भने, ‘अहिलेको आवश्यकता भनेको जीवन बचाउका उपायहरू र संक्रमण रोकथामका साथै अस्पतालमा उपचारार्थ विरामीहरूको उचित उपचारका लागि आवश्यक सामग्री व्यवस्थापन हो । तर हामीले कोभिड –१९ को दिर्घकालिन प्रभावका बारेमा पनि सोच्नु जरुरी छ ।’ विशेष गरी बालबालिकालाई पर्न जाने मानसिक असर र उनिहरूको शिक्षामा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै सेभ द चिल्डे«न अगामि दिनहरूमा स्थानीय, प्रादेशिक तथा संघिय सरकारलाई सहयोग जारी राख्ने उनले प्रतिबद्वता जाहेर गरेका छन् ।