एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : प्रदेश २ मा समेत धान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । धान उत्पादनमा बृद्वि गरि आयात बन्द गर्ने मुख्य उद्देश्यका साथ यस वर्ष धान दिवसको मुल नारा ‘धान उत्पादनमा वृद्वि, खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्वि’ राखिएको छ । यस वर्ष १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०७८ को अवसरमा पूर्वमन्त्री महासेठले किसानसँगै खेतमा धान रोपेर धान दिवस मनाएका हुन् । पूर्वमन्त्री रघुवीर महासेठले धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् ।
मंगलबार अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति धनुषाद्वारा रोपाइँ महोत्सवको आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री महासेठले सम्बोधन गर्दै किसानको संख्या केही घटेको र अब ९५ प्रतिशत नरहेको उनले बताए । नेपालमा किसानका लागि सिचाइको व्यवस्था उनत जात बीउ मलको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन ।

पूर्वमन्त्री महासेठले आधुनिक कृषि यन्त्रको प्रयोग गरेर खेतीपाती गर्न किसानलाई सुझाव दिए । उनले आधुनिकक शैलीको खेती प्रणालीबाट थोरै मेहनत र कम लगानीमा धेरै फाइदा लिन सकिने जनाउँदै किसानको सुविधाका लागि निशुल्क तथा अनुदानमा कृषि यन्त्र उपलब्ध गराइरहेको जनाए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ अस्थायी समिति सदस्य प्रदेश सचिव भोला यादबले किसानको समस्या लिएर मल खाध उनत बीउको लागि पूर्वमन्त्री महासेठसंग आग्रह गरेका हुन । उनले हरेक डेढ विघ्घामा टयुवल प्रदान गर्नुपर्ने बताए । हरेक किसानका लागि बीउ मल, खाध व्यवस्थित हुनुपर्ने उनको भनाइ थियोे ।
रोपाइँ महोत्सवमा पूर्वमन्त्री महासेठसँगै प्रदेश सांसद अनिता यादव, शिव शंकर साह हिरा, भोला यादब, शम्भु साह, नेकपा एमालेका स्थानीय कार्यकताहरुले खेतमा धान रोपेका थिए ।