एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : स्थानिय तहबाट हुने विकास निर्माणका ठुला आयोजनाहरुमा पालिका प्रमुख र कर्मचारीहरु मिलेर भ्रष्टाचार गर्न कुनै पनि तरिका अपनाउन पछाडि पर्दैनन् । कमिसन दिनेलाई नै ठेक्काको ग्यारेन्टी गर्नका लागि उनीहरु कुनै पनि हद सम्म, यहाँ सम्मकी नियम विपरितका कार्य समेत गर्न पछि नपर्ने उदाहरणका रुपमा औरहीको एक प्रसंगलाई लिन सकिन्छ ।
औरही गाँउपालिकाको वडा नं. २ देउरी परवाहामा १५ शैय्याको प्राथमिक स्वास्थ्य अस्पताल निर्माणका लागि टेन्डर आह्वान गर्दा कुनै पनि नियम पालना नगरिएको दावी प्रतिस्पर्धी अधिकांश निर्माण व्यवसायीहरुको छ । सो अस्पतालको लागि २०७७ पुष २९ गते प्रथम पटक टेन्डर आहवानको सुचना प्रकाशित गरियो र त्यसलाई अन्तिम समयमा आएर रद्द पनि गरियो । पछि अर्को टेन्डर आहवान गर्दै २०७८ बैशाख १७ गते दोस्रो पटक सुचना प्रकाशित गरियो ।
दोस्रो पटक सुचना प्रकाशित गरेपछि विभिन्न ११ वटा निर्माण कम्पनीहरुले टेन्टर भरे । उनीहरुले टेन्डर भरिसकेपछि टेन्टर खुल्ने समय भन्दा केहि समय मात्र अगाडि पुनः टेन्डरको समय मात्र थपिएन आफुले सेटिङ्ग गरेकै ठेकेदारलाई टेन्डर पार्न लगातार तिन पटक सम्म टेन्डरमा ठेकेदारले अपनाउनु पर्ने मापदण्डहरु समेत संसोधन गरिएपछि सुरुमा टेन्डर भरेका निर्माण कम्पनीहरु आक्रोसित भएका छन् । उनीहरुले गाँउपालिका अध्यक्ष ब्रहमदेव यादव र प्रमुख प्रशासकिय अधिकृत सुुबोध ठाकुर कमिसनको खेलमा आफुले चाहेकै कम्पनीलाई ठेक्का दिनका लागि टेन्टरको मापदण्ड पटक पटक संसोधन गरेको अरोप लगाएका छन् ।
यस्तो छ पालिकाको सेटिङ्ग र संसोधन

पालिकाले टेन्डर आवहान गर्दा औरही गाँउपालिका (रुलर मुन्सिपलिटी) हुनुपर्नेमा औरही नगरपालिका (मुन्सिपलिटी) भनेर सुचना आहवान गरेका छन जबकी औरही नगरपालिका (मुन्सिपलिटी) को नाममा कुनै खाता नै छैन खाता गाँउपालिका भनेर छ । यद्यपि कन्ट्रयाक्ट नम्वरमा भने रुलर मुनसिपलिटी नै उल्लेख छ ।
हेर्नोस एउटै टेन्डरलाई पटक पटक गरिएको संसोधन

नियमावली अनुसार एक पटक सुचना प्रकाशित गरेर टेन्डरका लागि आवेदन लिइसकेपछि मापदण्ड संसोधन गर्ने व्यवस्था नै छैन । तर पालिकाले पटक दोस्रो पटक प्रकाशित सु्चनालाई पटक पटक संसोधन गरेर त्यस बिचमा पनि थप पाँचवटा निर्माण कम्पनीहरुको आवेदन स्वीकार गरेको उनीहरुको दावी छ । सुचना संसोधन गरि लुम्बिनी जिएनएनजेभी, समान्तर बाबु जेभी, खानी अर्घाखाँची जेभी, रबिना निलगिरी आर्दश जेभी र विकास टिडीआर बिएनबि जेभी सहित पाँचवटा निर्माण कम्पनीको आवेदन बुझेको र यिनै पाँच मध्येबाट एकसंग कमिसन तय गरि गाँउपालिका अध्यक्ष ब्रहमदेव यादव र प्रमुख प्रशासकिय अधिकृत सुुबोध ठाकुर ठेक्का दिन लागेको निर्माण व्यवसायी महासंघ र संघको समेत अरोप छ ।
प्रथम पटक सुचना प्रकाशित भएपछि गौरी पार्वती निर्माण सेवा र कविन्द्र पिएमके क्रिश जेभी सहितका ११ निर्माण कम्पनीले टेन्डर भरेका छन् ।
महासंघ र संघ तिनै तहको आपती
नियम विपरित अध्यक्ष र हाकिमले आफनो मनपर्दी ढङ्गले टेन्डर पक्रिया अगाडि बढाएपछि निर्माण व्यसायी संघ धनुषा, महासंघ प्रदेश २ र केन्द्र तिनै तहले समेत विज्ञप्ती जारी गर्दै पक्रिया स्थगित गर्न चेतावनी दिइसकेका छन् । हेर्नोस विज्ञप्ती ः

यस विषयमा धनुषा निर्माण व्यवसायी संघले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकिए पनि कुनै सुनुवाई नभएको संघका सचिव जय प्रकाश साहले बताए ।

महासंघ प्रदेश २ का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी (मुन्ना चौधरी), संघ धनुषाका अध्यक्ष अशोक कुमार चौधरी समेतले गाँउपालिकाको कार्य सरासर गलत रहेको भन्दै कानुनी लडाई लडन निर्माण व्यवसायीहरुलाई सुझाव दिदै समर्थन गरेका छन् ।
को हो ? औरहीका हाकिम ठाकुर ?

औहरीका प्रमुख प्रशासकिय अधिकृत ठाकुर विवादित र कमिसनका लागि मरिहते गर्ने प्रवृतिको रहेको आरोप निर्माण व्यवसायीहरुको छ । कमिसनकै कुरा नमिलेपछि उनी यस अघि हाकिम रहेको धनुषाकै मुखियापट्टी मुसरनियामा एक विद्यालयको भवन निर्माणको ठेक्का स्वीकृत भएर आशय पत्र निकालिसकिएको पक्रियालाइ समेत स्थगित गरि विवादित बनेका थिए भने औरही गाँउपालिकाको आफनै भवन निर्माणको ठेक्का पक्रिया समेत उनले अगाडि बढाएर पुन रद्द गरिसकेका छन् ।
सुरुमै ठेक्काका लागि टेन्डर भरेका एक दर्जन कम्पनीका निमार्ण व्यवासायीहरु यस बारे बुझन चाहदा ठाकुर सम्पर्कमा आउन नमानेको र कार्यलयका प्राविधिक सन्तोष मण्डल र काफले थरका प्रशासनका कर्मचारीसंग बुझदा बाहिरबाट मान्छे बोलाएर टेन्डर पक्रियाको काम र संसोधनका कामहरु गर्ने गराउने काम भइरहेको जानकारी प्राप्त भएको बताउछन् । यस विषयमा जानकारी लिन चाहदा गाँउपालिका अध्यक्ष यादवले कर्मचारीले गर्ने काम भएकाले आफुलाई कुनै जानकारी नरहेको बताए भने पटक पटक फोन गर्दा समेत हाकिम ठाकुरले फोन उठाएनन । साथै गाँउपालिका अध्यक्ष यादवले परवाहामा एक निजी जमिनमा जमिन धनी संग सेटिङ्ग गरि सामुदायिक भवन बनाउन लागेपछि स्थानियमा असन्तुष्टि बढेको समेत जानकारी प्राप्त भएको छ ।
टेन्डर प्रक्रिया सम्बन्धमा प्रदेश नं. २ निर्माण व्यवसायी महासंघले विस्तृतमा निकालेको प्रेस विज्ञप्ती


