एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : जनकपुरधाम उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसकेपछि नगरवासी सडकमा उत्रिएका छन् । आज विहान उपमहानगरको वडा नं. ११ का स्थानियहरु वडा अध्यक्ष, मेयर र उपमेयर सवै विरुद्व नारावाजी सहित प्रदर्शन गरेका छन् । एक घण्टा सडक अवरुद्व गरेका उनीहरुले वडा अध्यक्ष, मेयर उपमेयर फोहर व्यवस्थापन छोडेर भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

उपमहानगरपालिका फोहर व्यवस्थापनमा असफल भएको जिकिर नगरवासीले गरिरहेका छन् । जनकपुरधामको मुख्य धरोहर जानकी मन्दिरको छेउछाउ, रामानन्द प्रवेशद्वार, पिडारीचौक स्थित जनक र जानकीको स्टयाचु सहित रेल्वे स्टेशनको मुख्य गेटमै समेत फोहर थन्किएको भएपनि उपमहानगर पालिकाको ध्यान जान नसक्नु दुःखद रहेको व्यापारीहरुको भनाई छ ।
