एसपी रिपोर्टर
जनकपुरधाम, असार ११ : धनुषाको मिथिला विहारी नगरपालिकाका छैठौं नगरसभा सम्पन्न भएको छ । मिथिला विहारी नगरपालिकाको अगामी आर्थिक वर्ष २०७८/२०७९ को लागि ५० करोड ५५ लाख ५५ हजार बजेट रूपयाँ विनियोजन गरेको छ । बिहीबार मिथिला विहारी नगरपालिकाले आयोजना गरेको नगरसभामा नगरप्रमुख अनिल कुमार यादवले ५० करोड ५५ लाख ५५ हजार रुपैया बजेट ल्याएको हो ।
कृषि किसान हरुको लागि सहज रुपमा खाद्यमल हरु उपलब्ध गराउने हाम्रो प्राथमिकता रहेको नगर प्रमुख यादवले भने, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई राखिएको छन् । शैक्षिक गुणस्तर सुधार अति विपन्न बाल बालिकालाई स्कूल जाने प्रेरित गर्न नयाँ संचालन गरिने छ, रोजगारका अवसरको सृजना हुने दिगो, सन्तुलित एवम् समावेशी विकासका अवधारणा समेत बजेटमा प्राथमिकतमा राखिएको नगरप्रमुख यादवले बताए ।

नगरपालिका क्षेत्र भित्र सञ्चालित विद्यालय र शिक्षकहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिने नीति ल्याएको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा हालसम्म भएको लगानीले स्वस्थ , शिक्षित र सभ्य नागरिक उत्पादन भएको उपलब्धीलाई संस्थागत गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था मिलाइनेछ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यत्रमहरुको प्रभावकारी रुपमा कार्यान्वयन र अनुगमणमा जोड दिइनेछ ।
बिद्यार्थीहरुको पोशाकको लागी आवश्यक बजेट विनियोजन गरिने नीति ल्याएको मेयर यादवले भने । नगरपालिका कार्यालयको प्रांगणमा भएको नगरसभामा बोल्दै नगरप्रमुख यादव जनप्रतिनिधिहरु आएको बेलादेखि मिथिला विहारी नगरपालिका क्रमशः विकासको दिशामा अघि बढिरहेको बताए । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यत्रमहरुको प्रभावकारी बानाउने रुपमा कार्यान्वयन र अनुगमणमा जोड दिइनेछ ।
बिद्यार्थीहरुको पोशाकको लागी आवश्यक बजेट विनियोजन गरेको नगर उपप्रमुख अनिताले प्रस्तुत गरेकी थियो । कृषि तथा पशु पालन क्षेत्रको विकास तथा उत्पादकत्वमा वृद्धि गर्न कृषक समुह , समिति , सहकारी , गैर सरकारी संस्थाहरुसँग साझेदारी गर्ने नीति अवलम्बन गरिने मिथिला विहारी नगरपालिकाका नगर उपप्रमुख अनिता साहले प्रस्तुत गरेकी छिन् ।

नगर क्षेत्रका उर्वर भुमिलाई सिंचित गर्न सिचाईको लागि आवश्यक व्यवस्था गरिनेछ । सहकारी संस्था सम्वन्धी आवश्यक कानून एवं मापदण्ड निर्माण गरी कार्यान्वयन गरिनेछ । माटो परीक्षण विधी अवलम्बन गरि कृषिलाई अझ वैज्ञानिक बनाइने छ । गाउँको उत्पादनलाई बजारीकरण नीति ल्याएको छु नगरउप्रमुख अनिता साहले भनेकी छिन् ।
प्रायः पालिकाकामा व्यवाक विवाद र विरोधका बिच नगर तथा गाउँसभा गरेको बेला मिथिला विहारी नगरपालिकाले दल, जनप्रतिनिधि लगायतलाई समेटेर सौहार्दपूर्ण वातावरणमा नगरसभा सम्पन्न गरेको हो । अबिर, फुलमाला समेतको प्रयोग समान्य रुपमा भएको नगरसभामा उपप्रमुख अनिता शाह , प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र लाल कर्ण, १० वटैवडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायत जनप्रतिनिधिहरुको सभगिता थियो ।