पुरन रौनियार
जनकपुरधाम, असार ११ : समाजिक सञ्जालमा प्रदेश २ का मुख्यन्याधिवक्ता दिपेन्द्र झाले राजिनामा दिने भन्ने सुचना धेरैका लागि आश्चर्यजनक थियो तर स्रोतका अनुसार त्यो गलत भने होइन । पछि झा स्वयमले पनि आफुलाई आफनै राजिनामाको विषयमा कुनै जानकारी नरहेको बताएपनि उनले गलत भनेको स्रोतको दावी छ । प्रदेश २ को २०७८/०७९ आर्थिक वर्षको बजेटमा मुख्यन्याधिवक्ताले चिताएको बजेट आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले चट्ट गरिदिएपछि झा राजिनामा दिन झोकिएकै हो, स्रोतले भन्यो ।
मुख्य लडाई राउत–यादव बिचमा
आर्थिक योजना मन्त्री यादवलाई मुख्यन्याधिवक्ता झा संग कुनै रिस नभई मुख्यमन्त्री लालबाबु राउत संग मुख्य टसल रहेको छ । तत्कालि समाजवादी पार्टीको प्रदेश २ का निर्वाचित अध्यक्ष समेत रहेका मन्त्री यादव पछिल्लो पटक संसदिय दलको नेता बनेर केहि महिना भएपनि मुख्यमन्त्री बन्न चाहेका थिए । पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाँई सक्नु हुन्छ भन्ने विधिवत बहुमत पुगाएर दलको नेता बन्नोस’ भनेर अध्यक्ष यादवले मन्त्री यादवलाई भनेका रहेछन् । तर पछि मुख्यमन्त्री राउतकै पक्षमा स्पष्ट बहुमत पुगेपछि अध्यक्ष यादवले मन्त्री यादवलाई राउतको पक्षमा हस्ताक्षर गरि पार्टी एक ढिक्का रहेको सन्देश दिन सुझाए ।
बाध्य भएर राउतको पक्षमा हस्ताक्षर गरि दलका नेता मानेका यादवले भने बजेटमा राउत र उनका निकटका सवैलाई चौकाउने काम गरे । अर्थ मन्त्री यादव मुख्यमन्त्रीको महत्वकांक्षी योजना बेटी पढाउ बेटी बचाउको साइकल वितरणको बजेट समाजिक विकास मन्त्रालय र मुख्यमन्त्री स्वच्छता अभियानको बजेट हाल राम सरोज यादव मन्त्री रहेको भौतीक पुर्वाधार मन्त्रालयमा स्थान्तरण गरिदिएपछि मुख्यमन्त्ती झस्किए । सोहि खेला अनुरुप मुख्यमन्त्रीका निकट मानिने मुख्यन्याधिवक्ता झाको समेत अधिकांश बजेट च्वाट्ट गरिएपछि उनी सरकारको साथ छाडने मुडमा पुगेको स्रोतको दावी छ ।
स्रोतले भन्यो, ‘पछि यो झगडा काठमाण्डौ सम्म पुग्यो ।’ सरकारमा भर्खरै प्रवेश गरेका कांग्रेसका नेता रामसरोज यादव र अर्थ मन्त्री विजय यादवको केमिस्ट्री मेलले झस्केका मुख्यमन्त्री राउत र मन्त्री यादवको झगडा पार्टी केन्द्रिय अध्यक्ष यादव समक्ष पुगेको छ । राउत र यादव दुवैले हामी दुई मध्ये एकमात्र प्रदेश सरकारमा बस्न पाउनु पर्ने सम्मको अडानमा पुगेपछि केन्द्रिय अध्यक्ष यादव समेत परेशान भएका थिए ।
समस्या समाधान भएकै हो त ?
काठमाण्डौंमा केन्द्रिय नेताहरुको रोहवरमा समस्या समाधानको पहल अझै भइरहेको छ । मुख्यमन्त्री राउत पक्ष संघिय सरकारमा गएकै कारण ठाकुर पक्षलाई निकालिएको भन्दै अव संघिय सरकारबाट बाहिरएकाले पुनः जसपा दुवै पक्षकै सरकार बनाउनुपर्ने सम्मको मांग गर्न थालेको छ । अर्थ मन्त्री विजय यादव भने मुख्यमन्त्रीको महत्वकांक्षी योजनाहरु राउतकै मातहतमा मरिगए दिने पक्षमा नरहेको बताइन्छ । विवाद लामो भएपछि ति दुवै आयोजना (स्वच्छता अभियान र साइकल वितरण) पर्ने गरि एक नयाँ मन्त्रालय बनाउने र माओवादीलाई खुसी पारि उनीहरुलाई समेत सरकारमा ल्याउनु पर्ने अर्थमन्त्री यादवको भनाई छ ।
टसल यहाँ सम्म छ कि राउत र यादव दुवैजना संगसंगै सरकार चलाउन सक्ने अवस्थामा नै छैनन । प्रदेश अध्यक्षमा निर्वाचित भएर पनि राउतलाई तह लगाउन नसकेपछि अर्थ मन्त्री यादवमा छटपटाहट रहेको ति एकजना नेताले बताए । राउतलाई भने पार्टीका प्रखर नेतृ रेणु यादव, पुर्व संघिय शहरी विकास मन्त्री मो.इस्तियाक राय, प्रदिप यादव सहितको साथ छ र उनी लगभग बिना विरोध दलका नेता बन्न सफल भएका हुन । केन्द्रिय अध्यक्ष यादव राउतलाई हटाए मुस्लिम मत बर्बाद हुने भएकाले कुनै पनि रिस्क खेल्ने पक्षमा पार्टी नरहेको बताइन्छ । स्रोतले भन्यो, ‘हेरौं के के हुने हो ।’