एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मनोज साह विरुद्व वडावासी आक्रोस व्यक्त गरेका छन् । स्मार्ट वडा घोषणा गराएर चौतर्फी बजेट र योजना एक्लै चलाएपछि वडा सदस्यहरु सहित वडा वासी भेला गरि अवरोध गर्ने भएका छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका साह मेयर लाल किशोर साह संग मिलेर धमाधम योजनाहरु कुमल्याउने काम गरेका छन् ।
वडा सदस्य सन्तोष साहको अध्यक्षतामा अध्यक्ष विरुद्व भेला भएका वडावासीहरु वडाका लागि आउने बजेट र योजना सदुपयोग गर्न जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका वडावासी ललित कुमार साहको संयोजकत्वमा एक समिति बनाएको छ । समितिको सहसंयोजकमा जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष समेत रहेका वडा अगुवा सुरेन्द्र भण्डारी र राजकुमार साह सचिव छन् । वडा अध्यक्षले बजेट आफनो मनमानी तरिकाले खर्च नपाउने भन्दै उनीहरु समिति गठन गरेका हुन ।

वडाका अगुवाहरुले वडा अध्यक्ष साह अन्य वडाहरु वडा नं. ४ र ६ का व्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर मनपरी भ्रष्टाचार गर्ने गरेको बताउछन् । वडा अध्यक्षले वडावासी र अगुवाहरुलाई बोलाएर कहिल्यै पनि सरसल्लाह नगरेको आरोप उनीहरुको छ ।
नाम मात्रको स्मार्ट वडा बनाएर सरसफाई गर्न समेत कहिल्यै नआउने गरेको भन्दै अव वडा अध्यक्षले मात्र बजेट चलाउन र काम गर्न नपाउने बताए । वडा अध्यक्ष साहको आसेपासे वाहेक वडावासीको हितमा कुनै पनि काम नभएको उनीहरुको आरोप छ । वडा अध्यक्ष नसुधरिए संर्घष हुने समेत उनीहरुको चेतावनी छ ।
नोट : वडावासी र अगुवाहरुले वडा अध्यक्ष माथी लगाएको आरोप भिडियो समाचारमा स्पष्ट छ । हेर्नोस भिडियो